एक युवकले प्लाष्टिकको बोरा बोकेर १ अर्ब ५० करोड रुपैयाँ निकाल्न भन्दै बैंक पुगेपछि बैंकमा हल्लाखल्ला मच्चिएको छ । ती युवक उत्तरप्रदेशको लखनउमा रहेको पंजाब नेशनल बैंकको मुख्य शाखामा यति ठूलो रकम निकाल्न भन्दै पुगेका थिए ।
बैंकका क्याशिअरले यति ठूलो रकम दिन नमिल्ने भनेपछि उनले क्याशिअरलाई नै गाली गर्न थाले । विवाद भएपछि त्यहाँ पुगेका सुरक्षा गार्डलाई पनि ती युवकले कुटपिट गरे र कपडा च्यातिदिए । सूचना पाएपछि स्थानीय प्रहरी चौकीका इन्चार्ज पंकज लवानियाले घटनास्थल गइ ती युवकलाई पक्राउ गरे ।
स्थानीय मंगल सिंह नामका ती युवक शनिबार बिहान प्लाष्टिकको बोरा बोकेर पंजाब नेनल बैंकको मुख्य शाखामा पुगेका थिए । उनले पैसा निकाल्न चेक फर्म क्याशिअरलाई दिए । फर्ममा १ अर्ब ५० करोड लेखेको देखेपछि क्याशिअरको होसहवास उड्यो । उनले आत्तिएरु हामीले यति ठूलो रकम दिन सक्दैनौं भने । क्याशिअरको कुरामा रिस उठेपछि मंगल सिंहले गाली गर्दै हंगामा मच्चाए ।
विवाद भएको देखेपछि सुरक्षागार्ड नरेश त्यहाँ पुगे । मंगल सिंहले गार्डलाई पनि कुटे र कपडा च्यातिदिए । म्यानेजरले तत्काल प्रहरी चौकीमा खबर गरे । प्रहरीले पक्राउ गरेपछि सोधपुछको क्रममा मंगल सिंहले आफू फिल्म निर्देशक भएको बताएका छन् । आफ्नो खातामा ५ अर्ब आएको र आफू १ अर्ब ५० करोड निकाल्न बैंक आएको उनले बताएका छन् । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । बैंक म्यानेजरका अनुसार बैंकमा मंगल सिंहको खाता त छ तर खातामा पैसा भने छैन ।

No comments:
Post a Comment