पढ्नुहोस तपाईको आजको राशिफल : बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ । - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, April 12, 2018

पढ्नुहोस तपाईको आजको राशिफल : बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ ।

बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि दुवादशी ४ घडी ४४ पला,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाभाद्रपदा,५३ घडी ५८ पला । योग ब्रम्ह ५५ घडि १४ पला । करण तैतिल,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त गर,बेलुका ७ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुका ९ बजेर ०३ मिनेट उप्रान्त मिन । पञ्चक। प्रदोष व्रत। भक्तपुरमा विश्वध्वजोत्थान। चैत्र मसान्त। वि.सं.२०७४ समाप्ति।


काठमाडौंमा सूर्योदय ५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २३ मिनेट । दिनमान ३१ घडी २० पला ।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।


शुभ अंक — १,५ शुभ दिशा — पुर्व


शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।


शुभ अंक — २,३ शुभ दिशा — दक्षिण


शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम


मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिन रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।


शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम


शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः


कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसाय फस्टाउँनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।


शुभ अंक — १,५ शुभ दिशा — पश्चिम


शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम


सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । मध्यान्हबाट समय राम्रो आउने हुनाले अध्ययनको सफलताले यात्राको अवसर जुर्ने योग रहेकोछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ ।


शुभ अंक — २,६ शुभ दिशा — पश्चिम


शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम


कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) नोकरि तथा पेशा व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । मध्यान्हवाट समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।


शुभ अंक — ३,९ शुभ दिशा — उत्तर


शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम


तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण कामहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । साझपख छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।


शुभ अंक — ३,७ शुभ दिशा — पुर्व


शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय


बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुनाले मन प्रशन्न हुनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ ।


शुभ अंक — ५,८ शुभ दिशा — उत्तर


शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम


धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । जनचाहाना अनुशार काम हुँने हुँनाले मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । माया प्रेमको गाठो कसिलो हुँनुको साथै घर परिवारमा सबैसँग सुमधुर सम्बन्ध रहनेछ ।


शुभ अंक —३,६ शुभ दिशा — पुर्व


शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । साझपख लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।


शुभ अंक — १,४ शुभ दिशा — उत्तर


शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम


कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।


शुभ अंक — २,८ शुभ दिशा — पुर्व


शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ । लेखन कला तथा साहित्यमा क्षेत्रमा समय लगानि गर्र्दा राम्रो प्रगति गर्न सकिनेछ । दान,धर्म तथा तिर्थ यात्रामा दिन बित्नेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै उपलब्धि हात पार्न सकिनेछ ।


शुभ अंक — ४,६ शुभ दिशा — दक्षिण


शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम


तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment