सलमान खान दोषी ठहर, २ वर्षको जेल सजाय - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, April 5, 2018

सलमान खान दोषी ठहर, २ वर्षको जेल सजाय


सलमान खान दोषी ठहर, २ वर्षको जेल सजाय


एजेन्सी। ‘कालो हरिणको शिकार’ मुद्दामा बलिउड सुपरस्टार सलमान खान दोषी ठहर भएका छन् । उनलाई २ वर्षको जेल सजाय तोकिने सम्भावना छ । बिहीबार जोधपुर अदालतले सलमानलाई दोषी ठहर गरेको हो । केही बेरमा सजाय तोकिनेछ ।


सहआरोपी सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमलाई भने सन्देहको लाभमा बरी गरिएको छ । २० वर्ष पुरानो मुद्दाको आज फैसला आएको हो । घटना १९९८ सेप्टेम्बरको हो । सलमानमाथि जंगली जनावरको शिकारसँगै हातहतियारसम्बन्धी मुद्दा चलिरहेको थियो । यो मुद्दामा सलमानले शिकार गरेको ग्रामीण स्थानीयले देखेका थिए । उनले संरक्षित जनावरको शिकार गरेको प्रत्यक्षदर्शीको बयानलाई सबैभन्दा बलियो प्रमाण मानिएको छ ।

No comments:

Post a Comment