भाटभटेनीको आगलागी चार घन्टापछि नियन्त्रणमा..के कारणले अनि कति क्षति भयो..(भिडियो सहित ) Latest Update. - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, April 7, 2018

भाटभटेनीको आगलागी चार घन्टापछि नियन्त्रणमा..के कारणले अनि कति क्षति भयो..(भिडियो सहित ) Latest Update.


भाटभटेनीको आगलागी चार घन्टापछि नियन्त्रणमा..के कारणले अनि कति क्षति भयो..(भिडियो सहित ) Latest Update.


२५ चैत, बुटवल । बुटवल उपमहानगरपालिका–८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो ४ घन्टापछि नियन्त्रणमा आएको छ ।


आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घन्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।


आगलागीबाट सुपरमार्केटको चौथो र पाँचौं तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।



आगलागीबाट भएको क्षतिकाबारे आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागी कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए ।


सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो ।


आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।


आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।


बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए ।


उक्त सुपरमार्केट गत वर्षमात्र करीव रु ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो ।

No comments:

Post a Comment