भाटभटेनी सुपर मार्केटमा भिषण आगालागी, आगो अनियन्त्रण ... - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, April 7, 2018

भाटभटेनी सुपर मार्केटमा भिषण आगालागी, आगो अनियन्त्रण ...


भाटभटेनी सुपर मार्केटमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी


२५ चैत, बुटवल । रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा भिषण आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-८ स्थित सुपरमार्केटको माथिल्लो तलामा आगलागी भएको हो ।



बिहान ४ बजेदेखि दन्किएको आगो नियन्त्रण बाहिर छ । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दुई ओटा दमकलले प्रयास गरिरहेका छन् ।


बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ ।


सो भाटभटेनी सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । माथिल्लो तलाबाट निस्किएको धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ ।


No comments:

Post a Comment