नव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन । विभिन्न अनुसन्धानले भनेका छन, त्यस्ता थुप्रै कृत्रिम गतिविधि छन, जसले मस्तिष्कको न्युरोन्स बनाउन सक्छ । यस्ता गतिविधि र खाद्यपदार्थले स्मरणशक्ति वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्छ ।
मस्तिष्क बढाउनका लागि एउटा विधि
ध्यानले दिमागको शक्ति स्तरोन्नति गर्न अहं भूमिका निर्वाह गर्छ । ध्यानले तनाव कम, स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । मानव इन्सुलिन साइन्स फ्रन्टियर जर्नलको अध्ययनअनुसार ध्यानले डर र भावनात्मक चोट सहन सक्ने क्षमता बढाउँछ ।
बायाँ हातको प्रयोगले मस्तिष्कको तन्त्रलाई बलियो बनाउनुका साथै नयाँ न्युरोन्स पनि बन्छ । जसरी व्यायाम गर्दा शरीरमा स्फूर्ति आउने गर्छ, त्यसरी नै तुलनात्मक रूपमा कम सञ्चालन हुने बायाँ हातको कामले मस्तिष्कलाई ऊर्जावान् बनाउँछ । अध्ययनले देखाएको छ कि जब तपाईं बढी प्रयोग हुनेभन्दा अर्को हातले काम गर्नुहुन्छ, त्यतिवेला पूरै मस्तिष्कले एकसाथ काम गर्छ । मस्तिष्कको बायाँ गोलाद्र्ध दायाँ हात र दायाँ गोलाद्र्ध बायाँ हातसँग जोडिएको हुन्छ ।
२० मिनेटसम्म लगातार व्यायाम गर्दा मस्तिष्कको मांसपेशीलाई मजबुत बनाउँछ । व्यायामले मस्तिष्कमा आवश्यक अक्सिजनको पनि पूर्ति गर्छ । यसो हुँदा मधुमेह, मुटुरोगको सम्भावनालाई कम गर्छ ।
शारीरिक व्यायामले मस्तिष्क रसायनका लागि पनि प्रभावकारी भूमिका खेल्छ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने व्यायामले नयाँ न्युरोनल कनेक्सनलाई उत्तेजित गरी न्युरोन्सको बनोटमा सहयोगी भूमिका निर्वाह गर्छ ।
छोटो समय आराम गर्दा वा एक झप्का निदाउने बानीले स्मरणशक्ति बढाउने काम गर्छ । यसो गर्दा देख्ने र सुन्ने शक्ति हुने मस्तिष्कलाई अझ ताजा बनाउने काम गर्छ ।
मन परे लाइक अनि share गर्दिनुहोला ||| धन्यवाद |||

No comments:
Post a Comment