मुम्बइ। कपिल शर्मासँग विवादमा मुछिएका अर्का कमेडियन सुनील ग्रोवरले कपिल शर्माकी गर्लफ्रेण्ड नै उडाइदिएका छन् । कपिल शर्मा नयाँ टिभी शो लिएर टिभीमा आएसँगै सुनिलले त्यसकै प्रतिस्पर्धामा अर्को शो लिएर आउँदैछन् । सुनिलले नयाँ शोका लागि कपिलकै पूर्वप्रेमिका प्रीति सिमोसलाई लिएर गएपछि अहिले ठूलो चर्चाको विषय बनेको छ ।
सुनिलले प्रीतिसँग मिलेर नयाँ शो ल्याउँदैछन् । नयाँ शोमा प्रीति कन्टेन्ट राइटर र क्रिएटिभ डाइरेक्टर छिन् । सुनीलले ट्वीटरमा हालै भगवानको कृपाले नयाँ शो पाएको बताएका थिए । यो शोमा प्रीतिकी बहिनी नीति पनि देखिन सक्नेछिन् । कपिलको शो छोडेपछि सुनील केही शोमा देखिएका थिए । उनी लामो समयदेखि खाली छन् । उनीसँग अहिले न कुनै शो छ न कुनै फिल्म ।
यद्यपि उनी विभिन्न लाइभ शोमा देखिइरहेका छन् । सुनीलको नयाँ शो कहिले आउँछ भन्ने पक्का भइसकेको छैन । गतवर्ष अस्ट्रेलियाबाट फर्किंदा कपिल र सुनीलको फ्लाइटमा झगडा भएको थियो । यसपछि यी दुईबीच विवाद जारी छ । कपिल र प्रीति पनि गत वर्ष नै छुट्टिएका हुन् । कपिल र सुनीलको झगडाकै कारण कपिल र प्रीतिबीच पनि झगडा भएको बताइएको छ ।

No comments:
Post a Comment