मुम्बई। अनुष्का शर्मा र विराट कोहलीपछि कुनै कलकारको विवाहको धैरै पर्खाइ रहेको छ भने ती हुन् दीपिका र रणवीर सिंह। र, उनीहरुबीचको विवाह पनि यही वर्षभित्र हुने बताइएको छ। मुम्बई मिररका अनुसार दुवै परिवारले यही वर्षको अन्तिममा दीपिका र रणवीरबीच विवाह गराउने फैशला गरेका छन्।
भारतीय संचारमाध्यमका अनुसार उनीहरुको विवाहको तारिकसमेत निश्चित भइसकेको छ। दुवैको फिल्मको मितिका अनुसार विवाह एक तारिकलाई तय गरिएको छ। विवाहको महिना भने सेक्टेम्बर वा डिसेम्बर हुन सक्ने बताइएको छ।
संचारमाध्यमकाअनुसार दीपिकाले आमा र बहिनीसँग विवाहको शपिङ पनि सुरु गरिसकेकी छन्। उनलाई कपडा र गहना किन्दै गरेको अवस्थामा देखिएको छ। यद्यपी दीपिकाको विवाहको कपडाको डिजाइन कसले गर्ने भन्ने तय भएको छैन। उनीहरुको विवाह हिन्दू रीति रिवाज अनुसार हुनेछ।




No comments:
Post a Comment