चिनले पठाएको एउटा अन्तरिक्ष यान सम्पर्कविहीन, मार्च ३० देखी अप्रिल २ को विचमा पृथ्वीमा खस्नसक्ने चेतावनी - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, March 28, 2018

चिनले पठाएको एउटा अन्तरिक्ष यान सम्पर्कविहीन, मार्च ३० देखी अप्रिल २ को विचमा पृथ्वीमा खस्नसक्ने चेतावनी

काठमाडौं । चीनको एउटा अन्तरिक्ष स्टेसन पृथ्वीमा खस्ने आशंकाले वैज्ञानिकहरूलाई चिन्तित बनाइदिएको छ। केही समय यता बिग्रिएको यस अन्तरिक्ष स्टेसनमाथि निगरानी गरिराखेका वैज्ञानिकहरूले कुनै पनि बेला यसको थुप्रो पृथ्वीना खस्न सक्ने चेतावनी दिएका हुन्।


बिबिसीका अनुसार चीनको महत्त्वाकांक्षी कार्यक्रमको एउटा भाग रहेको ‘द तियांगोंग-वान’ चीनले २०२२ सम्ममा अन्तरिक्षमा मानव स्टेसन स्थापना गर्ने लक्षको एउटा हिस्सा रहेको थियो।


यसलाई २०११ मा अन्तरिक्षमा स्थापित गरिएको ।थियो स्थापाको पाँच वर्षभित्रमा आफ्नो निर्धारित लक्ष पूरा गरेको यो अन्तरिक्ष स्टेशन हाल नियन्त्रण बाहिर गइसकेकाले कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने बताइएको छ।


वैज्ञानिकहरूले यो स्टेसनको भग्नावशेष ३० मार्चदेखि दुई अप्रिलबीच पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने आकलन गरेका छन्।


अन्तरिक्षमा स्थापित गरिएका अधिकांश यस्ता स्टेसनहरू वायुमण्डलमा प्रवेश गर्नासाथ जलेर नष्ट हुने गर्दछन् तर केही मात्र भग्नावशेषका रूपमा रहिराख्ने भएकाले तिनीहरू पृथ्वीमा खस्न सक्ने डर रहिराख्छ।


चीनले २०१६ मा नै ‘द तियांयोंग–वान’सँग सम्बन्ध विच्छेद भएको र यो नियन्त्रण बाहिर गइसकेको जनाएको थियो।


द यूरोपियन स्पेस एजेंसीले यसको भग्नावशेष पृथ्वीमा भूमध्यरेखा भन्दा ४ डिग्री उत्तर देखि ४३ डिग्री दक्षिणसम्म कहीँ पनि खस्नसक्ने जनाएको छ।


द अस्ट्रेलियन सेन्टर फर स्पेस इन्जिनियरिंग रिसर्चका उपनिर्देशक डा। इलियास अबाउटेनियसले यो विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको र पृथ्वीको सय किलोमिटर नजिक पुग्दा पुग्दा यसको तापक्रम बढ्न थाल्ने बताएका छन्।


अबाउटेनियसका अनुसार अधिकतर स्पेस स्टेसन यस अवस्थामा जलेर नष्ट हुने भए पनि यसमा कस्तो पदार्थ प्रयोग भएको भन्नेबारे चीनले कसैलाई नबताएकोले यसको कुन हिस्सा बच्ने र पृथ्वीमा ठोक्किने भन्नेबारे आनुमान लगाउन सहज नरहेको बताए। है ।


डा। इलियासका अनुसार यदि यो अन्तरिक्ष स्टेसन रातिको समयमा कुनै बस्ती भएको आकाशमाथि नष्ट भएको खण्डमा यो तारा जस्तै देखिने बताएका छन्। लगभग ८‍‍.५ टन वजन भएको यो यान पृथ्वीमा खस्ने भए पनि यसबाट चिन्तित हुनुपर्ने कुरा नरहेको वैज्ञानिकहरूले बताएका छन्।


पृथ्वीको वयुमंदल्को सम्पर्कमा आउनासाथ यसको अधिकांश हिस्स जलेर नष्ट भइसक्ने भएकाले केही भाग मात्र पृथ्वीमा खस्ने आशंका रहेको बताइएको छ।


द यूरोपियन स्पेस एजेंसीका प्रमुख होलगर क्र्यागले यो पृथ्वीमा खसेको खण्डमा यसको असर चट्यांग परे बराबर मात्र हुने भएकाले जान धनको क्षतिको कुनै आशंका नरहेको बताएका छन्। बीबीसी

No comments:

Post a Comment