बि.स.२०७४ चैत्र १५ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि त्रयोदशी ३६ घडी २२ पला,बेलुका १० बजेर ३३ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र मघा,४ घडी ४६ पला,बिहान ७ बजेर ५५ मिनेट उप्रान्त पूर्वाफाल्गुनि । योग शुल १४ घडि ५० पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त गंड । करण कौलव,बिहान ९ बजेर २६ मिनेट उप्रान्त तैतिल,बेलुका ८ बजेर ३३ मिनेट उप्रान्त गर । आनन्दादिमा मुसल योग । चन्द्रराशि सिंह । महावीर जयन्ती।
काठमाडौंमा सूर्योदय ६ बजेर ० मिनेट,सूर्यास्त बेलुका ६ बजेर १९ मिनेट । दिनमान ३० घडी ४७ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । आफन्त तथा परिवारको साथ सहयोगले काममा हौसला जाग्नेछ भने छोराछोरिको पनि समर्थन प्राप्त हुनेछ ।
शुभ अंक — १,४ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ ।
शुभ अंक — २,३ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — उत्तर
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने राम्रो स्थानमा स्थानान्तरण हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
शुभ अंक — १,५ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । अध्ययनमा अलि बढि सयम दिन सके सफलता हात लाग्ने योग रहेकोछ ।
शुभ अंक — २,६ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) सामाजिक कामहरुमा आजको दिन हात नहाल्दा नै राम्रो हुनेछ । काम तथा खानपानमा तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा तत्काल लगानि नगर्नुनै राम्रो रहेकोछ । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा समयमा नहुनाले आर्थिक अवस्थामा असर पर्न सक्छ । काम गर्नु पुर्व आफन्त तथा अग्रजहरु सँग सुझाब सल्लाह लिएर अगाडि बढ्दा राम्रो हुनेछ ।
शुभ अंक — ३,९ शुभ दिशा — पुर्व
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ ।
शुभ अंक — ३,४ शुभ दिशा — उत्तर
शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
शुभ अंक —३,६ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बिवाद हुने योग रहेकोछ । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ ।
शुभ अंक — १,७ शुभ दिशा — पुर्व
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।
शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

No comments:
Post a Comment