बागेश्वरी मन्दिरमा पुगेका पूर्वराजा रानीलाई समर्थकले घप्लक्क खुट्टामा ढोक्दा - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, January 7, 2018

बागेश्वरी मन्दिरमा पुगेका पूर्वराजा रानीलाई समर्थकले घप्लक्क खुट्टामा ढोक्दा

बागेश्वरी मन्दिरमा पुगेका पूर्वराजा रानीलाई समर्थकले घप्लक्क खुट्टामा ढोक्दा

सन्दिप योगी, नेपालगन्ज । मध्य तथा सुदुरपश्चिमका विभिन्न पर्यटकीय तथा धार्मिक स्थल, मठ-मन्दिर भ्रमणकालागी काठमाडौँबाट बाँकेको नेपालगन्ज आएका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार नेपालगन्जस्थित बागेश्वरी मन्दिर दर्शन गरेका छन्। जन-आन्दोलन मार्फत राजसंस्था हटेपछि पुर्व राजा ज्ञानेन्द्रले नेपालगन्ज स्थित हजारौं वर्ष पुरानो बागेश्वरी मन्दिर दोस्रो पटक दर्शन गरेको मन्दिरका मठाधिश मुल महन्थ चन्द्रनाथ योगीले ओएस नेपाललाई जानकारी दिनुभएको छ ।

शनिबार पूजाआजाका लागी पूर्वराजा मन्दिरमा पुग्दा उनका समर्थकले नारा लगाएका थिए। स्वागत गर्न लामवद्ध उभिएका समर्थकहरुले पुर्वराजालाई खुट्टामा घप्लक्क ढोकेका थिए ।अचानक मन्दिर दर्शन गर्न पुगेको थाहा पाएपछी पुर्व राजालाई हेर्न जनताको घुँइचो लागेको थियो । अत्यन्तै कडा सुरक्षा घेरा भित्र प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग लगायत उनका अंगरक्षकले मन्दिर दर्शन गराएका थिए ।

पूर्वरानी कोमल सहित मन्दिर दर्शन गर्न पुगेका ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको थियो। उनीहरुले करिव २० मिनेट जति पूजाआजा गरेको मन्दिरका पुजारीले जानकारी दिएका छन् । पूर्वराजा मन्दिर दर्शनका लागी पुगेको खबर थाहा पाएपछि सर्वसाधारण तथा उनका समर्थकको ठूलो भिड लागेको थियो । एक साता अघि नेपालगन्ज आईपुगेका उनी यसअघि दाङ, बर्दिया र कैलाली पुगेर मन्दिर दर्शन गरिसकेका छन्।

पूर्वराजा ज्ञानेन्द्रको नीजि सचिवालयका एक सदस्यका अनुसार उनले अझै मध्य र सुदुरपश्चिममा विभिन्न धार्मिक स्थल तथा पर्यटकिय क्षेत्रको भ्रमण गर्नेछन् । पूर्वराजा पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित भ्रमणमा आएका हुन्। उनीहरु नेपालगन्जको कारकाँदोमा रहेको होटल सोल्टीमा बस्दै आएका छन् ।

नेपाल बिद्वत परिषदका केन्द्रिय उपाध्यक्ष तथा पुर्व राजा ज्ञानेन्द्रको स्वागतकोलागी गठित नागरिक मुल समारोह समितिका संयोजक तथा अधिवक्ता दिपक बहादुर सिंह लगायतका सदस्यहरुले पुर्व राजा-रानिको स्वागत गर्दै मन्दिर भ्रमण गराएका थिए ।

No comments:

Post a Comment