तपाईलाई थाहा छ, संसारमा पहिलो एड्स लागेका व्यक्ती को हुन् । १९८८ देखि हरेक बर्ष डिसेम्बर १ मा विश्वभर नै एड्स दिवस मनाइने गरिन्छ ।
अहिलेसम्म एचआइभी एड्स रोगको औषधि पत्ता लाग्न सकेको छैन विश्वमा सबैभन्दा पहिला सिकारीलाई एचआइभी एड्स संक्रमित भएक थिए । खासमा एचआइभी एड्सको भाइरस त्यी मानिसमा चिम्पान्जीबाट एड्स सरेको थियो
सन् १९०८ मा क्यामरुनको जंगलमा एक घाइते चिम्पान्जीको आक्रमणमा ती सिकारी परेका थिए । चिम्पान्जीको आक्रमणबाट सिकारीको शरिरमा गहिरो घाउ लाग्यो ।
घाइते चिम्पान्जीको रगत घाइते सिकारीको शरीरको घाउमा मिसिँदा सिकारीको शरीरमा संत्रमण फैलियो । केही शोधकर्ताहरुका अनुसार यो भाइरस एकजना समलिंगी पुरुषबाट अन्य मानिसमा फैलिएको थियो ।
अन्तत ती व्यक्ति नै दुनियाभर एड्स फैलाउंने मानिस हुन् । गेटन डुगास नामक ती व्यक्तिका बारेमा सन् १९८० मा पूरा संसारलाई थाहा भएको थियो ।
गेटन पेशाले क्यानडाली हवाई कर्मचारी थिए । उनले अमेरिकाका केही मानिसलाई संक्रमित गर्नका लागि आफुमा रोग रहेको जानीजानी यौन सम्बन्ध राखेका थिए ।
सोही कारण गेटनलार्इ पेसेन्ट जिरोको नामले पनि चिनिन्छ । अमेरिकाको सन फ्रान्सिस्कोका डाक्टरहरुले पहिलोपटक यो भाइरस पत्ता लगाएका थिए । त्यसको दश वर्षभित्र एड्सबाट अमेरिकामा कम्तिमा ६० हजार मानिसको ज्यान गएको थियो ।

No comments:
Post a Comment