नेपाल आइपुगीकन पशुपतिको दर्शन गर्न पुगे डा.गुलाँटी, कर्पोरेट सोमा स्वस्तिमा खड्कासँग देखिँदै
द कपिल शर्मा सो’ का चर्चित कलाकार डा.गुलाँटी अर्थात् सुनिल ग्रोभर नेपाल आइपुगेका छन् । उनी जनवरी 10 तारिखमा हुने एक कर्पोरेट सोमा सहभागी हुन् नेपाल आइपुगेका हुन् ।इन्स्ट्राग्राममा एउटा तस्बिर सार्वजनिक गर्दै उनले नेपाल आइपुगेको जानकारी दिएका हुन् ।
तस्विरमा उनी गेरुवस्त्रधारी बाबासँग उभिएको तस्विर राखेर पशुपति दर्शन गरेको जानकारी समेत दिएका छन् ।नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिने कर्पोरेट सोमा सुनिललाई निम्ता गरिएको थियो ।
सो सोमा सुनिल ग्रोभरसँगै नेपाली कलाकारहरू गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्कागायतले आफ्नो प्रस्तुति दिनेछन् । स्वस्तिमा खड्का २ रुपैयाँ चलचित्रको ‘कुटुमा कुटु’ गीतमा नाच्नेछिन् भने हेमन्तले ‘साइली‘’ गाउने बताइएको छ ।

No comments:
Post a Comment