एजेन्सी । हामीकहाँ बाली भित्र्इसकेपछि उत्सब मनाउने पिकनिक गर्ने, नाचगान गर्ने र रमाउने परम्परा अभ्यासमा छ । तर कतिपय स्थानमा बाली भित्र्याउनु अगावै विशेष उत्सब मनाउने गरिन्छ जसको एउटा ज्यलन्त उदाहरण हुन् यि तस्विरहरु । तस्विरमा देखिएको यो माहोल चीनको हो ।
चीनमा यस्तै केही अनौठो उत्सव मनाउन चलन रहेको छ । चीनको दक्षिणपश्चिम भागमा रहेको युन्नान प्रान्तमा साँढेलाई रंग्याएर बाली भित्र्याउने उत्सव मनाइने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार युन्नान प्रान्तमा साँढेलाई यसरी रंग रोदन गरेर खुशी साटासाट गर्दै चिनियाहरुले आफ्नो काम भब्यताका साथ सम्पन्न गर्ने गर्दछन् ।


No comments:
Post a Comment