गुल्मी, पौष ०५ गते | बाग्लुङ्गको बडिगाढ गाँउपालिका २ काँडेरुखमा जिप र बाइक एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन ।
खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र बाग्लुङ्गको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्ग बाट बुटवल तर्फ जाँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।
घाइते ढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसिको अवस्था गम्भिर भएको अस्पतालले जनाएको छ ।त्यस्तै सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोरा, २६ वर्षका भरत विसि घाइते भएका छन । घाइते मध्ये खगेन्द्र बिसीको अवस्था गम्भीर रहेको छ ।
घाइतेको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको मल्ल मेडिको फर्मामा प्राथमिक उपचार गरी थप उपचारको लागि हेलिकप्टर मार्फत पोखरा लगीएको छ ।
पिकअप जिप चालक र क्षति ग्रस्त गाडि प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।वुर्तिवाङवाट वुटवलका लागि हिँडेका मोटरसाईकल सवार यात्रुवाहक वसलाई ओभरटेक गर्ने क्रममा विपरित दिसा तर्फवाट गैरहेको पिकअपसंग ठोकिएको स्थानियले वताएका छन ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटना विहान साढे ९ वजे तिर भएको थियो ।






No comments:
Post a Comment