स्वास्थ्या रहन र राम्रो बन्नकै लागि भए पनि मानिसले सरसफाई गर्नु पर्छ अथवा नुहाउनु पर्छ | मानिस जन्मे पछि बाल्यकाल देखि नै सरसफाईमा ध्यान दिन्छन ताकी रोग देखि टाढा होस् भनि दैनिक नुहाउने र सरसफाई गर्ने गर्छन |
तर बिकसित मुलुक इरानमा एक यस्ता व्यक्ति छन्, जो ६३ वर्षदेखि नुहाएका छैनन् । सुन्दा अनौठो र अचम्म लाग्न सक्छ तर उनि ननुहाएकै कारण स्वास्थ्या छन् | अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् ।
इरानका नागरिक ८३ वर्षीय अमोउ हाजी जसको शरीरमा कालो मैलो मात्रै हैन उनको शरीरमा मैलाको निकै बाक्लो मोटो खाटा अथवा पत्र बसेको छ । त्यसैमा उनि खुसि छन् अमोउ भन्छन्, यही फोहोरका कारण ८३ वर्ष सम्म बाचेको छु अझै म स्वस्थ छु । ननुहाएकै कारण मैले लामो जीवन जिउन सकेको छु |
तर गाउ समाजबाट भने केहि तिरस्कृत हुनु परेको छ अमोउ, उनलाई गाउँलेहरूले उनलाई सानो झुपडी बनाएर गाउ देखि केहि टाढा बस्छन् । तर, केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् ।
अझ रोचक र आश्चर्य चकित त के छ भने उनको खाना को बारे छ, अमोउले प्राकृतिक तरिकाबाट मारिएका वा दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् ।


No comments:
Post a Comment