बस पल्टिँदा १४ जना घाइते, चालक फरार- दर्दनाक अवस्था हेर्नुहोस त - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, December 19, 2017

बस पल्टिँदा १४ जना घाइते, चालक फरार- दर्दनाक अवस्था हेर्नुहोस त

लहान, ४ पुस- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरस्थित चोकमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको ना ४ ख ७४१८ नंको मुनाल यातायात नामक यात्रुबाहक बस प्रयागपुरमा अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको अस्थायी प्रहरी चौकी मिर्चैयाका प्रहरी सहायक निरीक्षक सतेन्द्र यादवले जानकारी दिनुभयो । बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment