पहिलो खेलमा बंगलादेशसँग ६-० ले हारेको नेपाल दोस्रो खेलमा मंगलबार भारतसँग १०-० ले निराश बन्यो । - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, December 19, 2017

पहिलो खेलमा बंगलादेशसँग ६-० ले हारेको नेपाल दोस्रो खेलमा मंगलबार भारतसँग १०-० ले निराश बन्यो ।

४ पुस, काठमाडौं । लगातार दुई खेलमा पराजय ब्यहोरेपछि नेपाली किशोरीहरुको टोली यू-१५ महिला साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा बंगलादेशसँग ६-० ले हारेको नेपाल दोस्रो खेलमा मंगलबार भारतसँग १०-० ले निराश बन्यो । प्रतियोगिताको सुरुवाती २ खेलमा १६ गोल खाएको नेपालले एक गोल पनि गर्न सकेन ।

४ टोली सम्मिलित साफ च्याम्पियनसिपमा आयोजक बंगलादेश र भारत फाइनलमा पुगेका छन् । सुरुवाती दुई खेलमा जित हासिल गरेपछि उनीहरु समूहको एक खेल अगावै फाइनलमा पुगेका हुन् ।

समूहचरणको अन्तिम खेलमा बंगलादेश र भारत आमनेसामने हुँदा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । २०७४ पुष ४ गते १६:३३ मा प्रकाशित

No comments:

Post a Comment