एनसेल(Ncell) ले ल्यायो ‘सही’ डाटा प्याक.( पढ्नुहोस पुरा ) -साझा खबर - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, April 12, 2018

एनसेल(Ncell) ले ल्यायो ‘सही’ डाटा प्याक.( पढ्नुहोस पुरा ) -साझा खबर



दैनिक १ घण्टाको नि:शुल्क भिडियो स्ट्रिमिङ बोनस


काठमाडौँ — एनसेलले ‘फ्यूल योर फन’ योजना अन्तर्गत ‘सही’ डाटा प्याक संचालनमा ल्याएको छ । बिहीबारदेखि लागु भएको यो प्याकमा १० गुणा बढी डाटा प्राप्त गरी थप सुलभ दरमा इन्टरनेट सुविधा लिन सकिने कम्पनीले जनाएकाे छ ।


साेही प्याक मार्फत प्रयोगकर्ताले बोनस वाफत दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पनि दिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


यो योजनाअन्तर्गत आधा जीबी देखि १५ जीबीसम्म १ देखि ३० दिन चौबिसै घण्टा चलाउन सकिने अल टाइम डाटा प्याकहरु ३९ देखि ७ सय ९९ रुपैयाँसम्ममा सुचारु गर्न सकिनेछ।


यो सेवा लिएका ग्राहकले प्याक अवधिभर दैनिक एक घण्टा नि:शुल्क भिडियो स्ट्रिमिङको सुविधा पाउनेछन्। भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब, युट्युबगो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) का भिडियो कन्टेन्ट हेर्न सक्नेछन्। ग्राहकले गुगलको सेवा जस्तै प्लेस्टोर, म्याप लगायतमा पनि स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।


प्रकाशित : चैत्र २९, २०७४ १२:१३

No comments:

Post a Comment