काठमाडौं । प्रहरी र भन्सार कार्यालयले २ किलाे सुनसहित एक जना भारतीय नागरिकलार्इ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ ।
कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो।
हरिफले धुलो बनाएर पेटीभित्र सुन लुकाएका थिए । उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले जानकारी दिए ।
पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्।

No comments:
Post a Comment