काहा खस्यो चीनको बहुचर्चित अनियन्त्रित ‘स्पेस स्टेसन’..पढ्नुहोस पुरा खबर - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Monday, April 2, 2018

काहा खस्यो चीनको बहुचर्चित अनियन्त्रित ‘स्पेस स्टेसन’..पढ्नुहोस पुरा खबर

एजेन्सी – सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको साथ सन २०११ मा अन्तरीक्षमा पठाइएको चीनको स्पेस स्टेशन सोमबार दक्षिण प्रशान्त क्षेत्रमा खसेको छ । प्रशान्त क्षेत्रको जमिनको वायुमण्डलमै स्पेस स्टेसन नष्ट भएको चिनियाँ स्पेस केन्द्रले पुष्टि गरेको बिबिसीले जनाएको छ । छ ।


स्पेस स्टेसन सोमबार बिहान ८ बजेर १५ मिनेटमा जमिनको वायुमण्डलमा आइपुगेको थियो । त्यहीँ यानको आधा भाग जलेर नष्ट भएको थियो । बाँकी भाग भने जमिनमा झरेको बेइजिङले जनाएको छ ।


अन्तरीक्षमा पठाइएको उक्त स्टेशनले पाँच वर्षसम्म राम्रै काम गरेको थियो । पाँच वर्षमा काम गरेपछि पृथ्वीमा झर्ने अनुमान गरिएको थियो ।


चीनले १० दशमलव ४ मिटर लामो स्पेसक्राफ्ट सन् २०११ मा अन्तरिक्षमा पठाएको थियो । सन् २०१६ मार्चमा स्पेस यानसँग सम्पर्क टुटेको थियो । चीनको अन्तरिक्ष केन्द्रसँग सम्पर्क टुटेपछि स्पेसक्राफ्ट अन्तरिक्षमै घुमेर बसेको थियो । स्पेसक्राफ्टको तौल आठ टन थियो । त्यसबेलादेखि नै स्पेसक्राफ्ट जमिनमा खस्दै आएको थियो ।


वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका थिए । तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । ३० मार्चदेखि दुई अप्रिलसम्म यो यन्त्रमा जमीनमा झर्न सक्ने अनुमान गरेका थिए । धेरै स्पेस स्टेशन अन्तरीक्षमै जलेर नष्ट हुन्छन् ।


चीनले सन २०१६ मा द तियांयोंग-१ सम्पर्कविहीन भएको र नियन्त्रण बाहिर गएको पुष्टि गरेको थियो । विभिन्न अनुसन्धान अनुसार वातावरणमा गुज्रिँदा ८.६ टनको अधिकांश हिस्सा आफै नष्ट भएर जान्छ । इन्धन ट्याङ्की र रकेट इन्जिन पुरै नजल्न पनि सक्छ र, बचेका टुक्राहरु बचेका टुक्रा चट्याङको शैलीमा खस्ने भन्दै वैज्ञानिकले त्यसबाट मानवीय क्षतिको सम्भावना कम हुने बताएका थिए ।

No comments:

Post a Comment