फेसबुकले कसरी बेच्दैछ तपाइँको डाटा? पुरा पढ्नुहोस् जनहितका लागि १ share पनि गर्नुहोस... - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, March 25, 2018

फेसबुकले कसरी बेच्दैछ तपाइँको डाटा? पुरा पढ्नुहोस् जनहितका लागि १ share पनि गर्नुहोस...

संसारका मान्छेको जीवनशैली बनेको फेसबुक यतिबेला सबैभन्दा ठूलो संकट सामना गरिरहेको छ।

यो संकटबाट उम्किन मार्क जुकेरबर्गले माफी मागेका छन्। तर स्थिति खासै सुधार भएजस्तो देखिँदैन। स्टक मार्केटमा फेसबुकको मूल्यमा नाटकीय रुपमा गिरावट आएको छ। र, विश्वका हरेक कुनाबाट राजनीतिक नेताहरूले फेसबकुलाई गाली गरिरहेका छन्।

फेसबुक लाेकतन्त्रका लागि खतरा रहेकाे भन्दै विश्वभरि अकाउन्ट बन्द गर्ने अभियानहरू समेत सुरू गरिएका छन्।

फेसबुक संकटको मुख्य कारण सन् २०१६ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन भएको थियो। त्यो दौडमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच चर्को प्रतिस्पर्धा थियो। सन्काहा ट्रम्पभन्दा हिलारीले चुनाब जित्ने सबैखाले अनुसन्धानले देखाइरहेका थिए। चुनाबमा अप्त्यासित रूपमा ट्रम्प विजयी भए।

अहिले फेसबुकमाथि लागेको आरोप त्यही अमेरिकी निर्वाचनसँग सम्बन्धित छ। क्याम्ब्रिज एनालाइटिका नामक कम्पनीले फेसबुकका ५ करोडभन्दा बढी प्रयोगकर्ताको सूचना विश्लेषण गरी चुनाबका लागि ट्रम्पलाई दिएकाे विषय अहिले चर्चामा अाएकाे हाे। यो विवाद चर्किंदै जाँदा फेसबुकका डाटा सुरक्षा प्रमुख एलेक्सले कम्पनीबाट विदा लिएका छन्। उनको विदाईले स्थितिलाई अझ गम्भीर बनाइदिएको छ।

जुकेरबर्गले मागे माफी सवाल अब सिधै फेसबुक प्रमुख मार्क जुकेरबर्गतर्फ सोझिएको छ। उनले सो मामिलामा फेसबुक आफैँ संलग्न नभएको उल्लेख गर्दै सीएनन्सँग भनेका छन्, ‘अबको हाम्रो मुख्य जिम्मेवारी भनेको यस्तो घटना हुन नदिनु हो। क्याम्ब्रिज एनालाइटिका प्रकरणमा म क्षमा चाहन्छु।’

यसअघि न्युयोर्क टाइम्ससँग कुराकानी गर्दै उनले क्याम्ब्रिज एनालाइटिकाजस्तो थर्डपार्टी डाटाको उपयोग कानुनअनुसार उल्लंघनको दायरामा नआउने बताएका थिए।

यस अगाडि पनि सन् २०१६ कै अमेरिकी राष्ट्रपति निर्वाचनलाइ रसियाले फेसबुकको प्रयाेग गरी प्रभावित पारेकाे अाराेप लागेकाे थियाे। सो टिप्पणीलाई जुकेरबर्गले त्यतिबेला ‘पागलपन’को संज्ञा दिएका थिए। त्यसको महिनौंपछि फेसबुकले झुटा समाचार ट्राभल गर्न ‘रोक्न’ भन्दै पैसा नितिर्ने लिंकलाई टाइमलाइनमा नपठाउने नीति ल्याएको थियो। तर पैसा तिर्नेहरुलाई भने फेसबुकले अहिले पनि रोक्ने गरेको छैन।

फेसबुक प्रयाेगकर्ताका लागि खतराकाे घन्टी

फेसबुक र क्याम्ब्रिज एनालाइटिका दुवैले अहिलेसम्म भएको गडबगीप्रति आफू जिम्मेवार नरहेको दाबी गर्दै अाइरहेका छन्। यदि अहिले आएको विवाद डाटा सुरक्षा उल्लंघनको विषय होइन, ती कम्पनीहरुको पनि चिन्ताको विषय होइन, जे भयो सबै काननी रुपामा सही भएको हो भने यो फेसबुकका २.१३ बिलियन प्रयोगकर्ताका लागि खतराको घन्टी हो।

फेसबुकले छोटो समयमा ठूलो परिणाममा सम्पत्ति कमाउन सफल भएको छ। धेरैजसो प्रयोगकर्ता यो जान्दैनन् कि सोसल मिडिया कम्पनी उनीहरुका बारेमा कति जानकारी राख्छन्। फेसबुकको बिजनेस मोडल नै प्रयोगकर्ताको डाटामा आधारित छ। यो डाटाबाट तपाइँका बानी एवं व्यहोरा फेसबुकले थाहा पाइरहेको हुन्छ। र त्यही डाटा फेसबुकले विज्ञापनदाता र अन्य कम्पनीहरूलाइ बेच्ने गर्छ।

राजनीति बेच्न खाेज्दा लफडा विज्ञापनदाताहरू प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट म्यासेजिङमार्फत् बानीलाई प्रभावित पार्छन्। सामान बिकाउन प्रयास गर्नु सामान्य कुरा हो। फेसबुकले राजनीति बेचेर लाेकतन्त्रलाइ संकटमा पारेकाे अाराेप खेपिरहेकाे छ। द टाइम्समा ह्युगो रिफ्ङ्किड लेख्छन्, ‘अहिले जे भइरहेको छ त्यो फेसबुकले सामान होइन राजनीति बेच्ने प्रयास गर्दा भइरहेको छ। राजनीतिक दल लोकतान्त्रिक हुन् वा नहुन्, राम्रो छवि भएका हुन् वा भ्रष्ट सबै हाम्रो सोचलाई प्रभावित पार्न स्मार्ट मेसेजिङ गर्न चाहन्छन्। उनीहरूकाे उद्देश्य हुन्छ हामी कुनै खास उम्मेदवारलाई भोट दिउँ। फेसबुकबाट अहिले यसको प्रयोग सत्य दबाउन र आमसहमति दबाउन पनि प्रयोग भइरहेको छ।’

फेसबुकले चलाखीपूर्वक दिएको प्रतिक्रिया एवं न्युजफिड तय गर्ने अल्गोरिदम खास उद्देश्यका लागि हो। त्यो भनेको फेसबुकले नाफा कमाउने ध्यान्नले गर्ने हो। सधैँ यसले समाजलाई सही दिशामा लगिरहेको हुँदैन। अहिले देखिएको संकटबाट बाहिरिन जुकेरबर्गले चलाखीपूर्वक डाटा सुरक्षाको जिम्मेवारी आफ्नो नभएको बताए पनि डाटा सुरक्षा विभागका प्रमुखलाई हटाउनुको सन्देश स्पष्ट छ– यहाँ उनको समेत संलग्नता छ। अब फेसबुकले अर्बौ प्रयोगकर्तालाई ढुक्क हुनेगरी सम्बोधन गर्नैपर्छ। यो प्रकरणमा उठेका सवालहरुको चलाखीपूर्ण होइन तथ्यगत जवाफ जुकेरवर्गले दिनुपर्छ।

No comments:

Post a Comment