ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, March 25, 2018

ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण

रुकुम – फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।

सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् ।दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् ।

ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभइ सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न गर्न मिल्छ ।

दुई वर्षअघि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए ।आजको नयाँ पत्रिकामा समाचार छ ।

No comments:

Post a Comment