चीनको एक कम्पनीले रोबोट्सको एउटा यस्तो दस्ता तयार पारेको छ, जसले एक साथ डान्स गर्ने मात्र होइन मानिसले गर्ने अन्य कैयन काम गर्न सक्छ। पिपुल्स डेली चाइनाका अनुसार डब्लू एल इन्टेलिजेन्स टेक्नोलोजी नामक सो कम्पनीले १ हजार ६९ रोबोट्सलाई एकसाथ डान्स गराएर विश्व रेकर्ड कायम गरेको छ। सर्वाधिक रोबोट्सले एकसाथ डान्स गरेको रेकर्ड गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ। कम्पनीले एक विशेष कार्यक्रम गरी रोबोट्सको डान्स प्रदर्शन गरेको थियो। यस्तो रेकर्ड पहिले चीनकै अर्को एक कम्पनीको नाममा थियो। अघिल्लो वर्ष एवर विन नामक कम्पनीले एकसाथ १ हजार ०७ रोबोट्सको डान्स प्रदर्शन गरेर विश्व रेकर्ड कायम गरेको थियो। हेर्नुहोस् रोबोर्ट्सको डान्स
Friday, March 23, 2018
Home
रोचक सङ्ग्रह
साझा खबर
साझा समाचार
चीनमा तयार भयो ‘रोबोर्ट्सको सेना’, एक साथ डान्स गरेर बनायो विश्व रेकर्ड, (भिडियो सहित्)
चीनमा तयार भयो ‘रोबोर्ट्सको सेना’, एक साथ डान्स गरेर बनायो विश्व रेकर्ड, (भिडियो सहित्)
Tags
# रोचक सङ्ग्रह
# साझा खबर
# साझा समाचार
About satya tathya
साझा समाचार
Labels:
रोचक सङ्ग्रह,
साझा खबर,
साझा समाचार
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment