BFF यथार्थ र भ्रम
दिन भर कामको व्यस्तताले फेसबुक खोल्न पाइएन । खोले पनि म्यासेज चेक मात्र गर्दछौ ।जब साँझ आएर यसो नेभिगेसन स्क्रोल गर्दै जाँदा जताततै यस्तो मात्र देखिन्छ :
भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पूर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्त्वपूर्ण नयाँ आविष्कार गरिदिनु भएको जानकारी आएको छ जसको नाम हो BFF. तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोस्टमा BFF.टाइप गरी कमेन्ट गर्नुहोस् यदि तपाईँको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पास्वर्ड परिवर्तन गर्नुहोस् तपाईँको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ,!! Try to Comments Below BFF.
साथीको स्टाटसमा गएर BFF टाइप गरे अनि हरियो देखियो साथै २ वटा हातको अनिमेसन आउदछ । जब २ वटा हातको अनिमेसन आयो मनमा कौतुहलता जागेर अनि खोज्न थाल्दा :आखिर के हो त BFF हेर्दै जाँदा “best friends forever” भन्ने हुँदो रैछ जुन एनिमेसन फेसबुकले तयार पारेको रैछ । यस अघि फेस्बुकाले congrts अथवा
Congratulationsलाई रातो अक्षर अनि नेपालीमा बधाई लेख्दा रातो अक्षरमा देखाउँथ्यो र ऐले नि देखाउँछ ।त्यस्तै XOXO भनेर टाइप गर्नु भयो भने पनि त्यस्तै देखाउँछ । यो ऐले सामाजिक सञ्जालमा फैलिएको अफवाह मात्रै हो जुन हल्लाको पछाडि हामी धमाधम स्टाटस लेखेर हाम्रो एकाउन्ट सेफ छ कि छैन भन्ने चेक गर्दै छौ ।
हामी यति सम्म बेवकुफ भयौ कि कसैले यस्तो हुन्छ भन्दिए सजिलै पत्यौछौ तर वास्तविकता पछाडि लाग्ने चेष्टा गर्दैनौ ।यौटा कहावत छ नि कौवाले कान लैदियो भन्दा कौवाको पछाडि दौडन्छौ तर आफ्नो कान छाम्न सक्दैनौ ,यो ठ्याक्कै त्यस्तै हाे । share गर्नुहोस जनचेतनाको लागी |||

No comments:
Post a Comment