राधिका तामाङमाथी गगन थापाको कडा प्रहार ! तल्लो स्तरको निच सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुन्नु नै हाम्रो दुर्भाग्य - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, March 24, 2018

राधिका तामाङमाथी गगन थापाको कडा प्रहार ! तल्लो स्तरको निच सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुन्नु नै हाम्रो दुर्भाग्य

राधिका तामाङमाथी गगन थापाको कडा प्रहार ! तल्लो स्तरको निच सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुन्नु नै हाम्रो दुर्भाग्यराधिका तामाङमाथी गगन थापाको कडा प्रहार ! तल्लो स्तरको निच सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुन्नु नै हाम्रो दुर्भाग्य

१0 चैत २०७४, काठमाडौँ पुर्व स्वस्थ मन्त्री तथा युवा नेता गगन थापाले सभामुख राधिका तामाङले गाईको मासु खान पाउने कुरालाई वकालात गरेपछी यसमा असन्तुष्टि जनाउदैनं आफ्नो फेसबुक मार्फत कडा अभिव्यक्ति थिएका छन । हेर्नुस जस्ताको तस्तै- गाई काट्ने प्रस्ताब् पारित भएको दिन नेपालमा साम्प्रदायिक युद्दको शुरूवात हुने निस्चित ! तल्लो स्तरको सोच भएकाहरुलाई राष्ट्र चलाउनको लागि चुनेर पठाउनु नै हाम्रो गल्ती हो !

जबसम्म जात, जाती, सम्प्रदाय भन्दा माथी उठेर नेतृत्वले सोच्न सक्दैन तबसम्म राष्ट्र समृद्दी तर्फ उन्मुख हुदैननम्वर ३ को उपसभामुख राधिका तामाग़ँ को पछिल्लो अभिव्यक्ती बाटै पुष्टि हुन्छ यिनिहरुको सोच कुन हदसम्म तल छ भन्ने ! गाईलाई यो देशको सम्विधानले राष्ट्रिय जनावर भनेर घोषित गरेको छ ।

गाईको महात्म्यको विषयमा आज विज्ञानले प्रमाणित गरिसकेको अवस्थामा समेत गाईलाई राष्ट्रिय जनावर राखेको देशमा जन्मिएकोमा गर्व गर्नुपर्नेमा गाई काटेर खानपाउनु पर्दछ भनेर वकालत गर्नु नै यिनिहरूको अल्पबुद्दीको परिचय हो ! विश्वको कुन चाही देशमा राष्ट्रिय जनावरलाई खुल्ले आम काट्ने अनुमती दिएको छ? खाने पिउने बाहेकको फरक सोच नभएका अल्पबुद्दीहरु सम्सदमा पुगेर पनि खाने पिउने भन्दा फरक कुरा सोच्न सकिरहेका छैनन् ! गाईको विषयमा यस्तो प्रस्ताब ल्याउनेलाई पकडेर कारबाही गर्न सक्ने हिम्मत ओली सरकारले राख्न सक्नु पर्दछ । हैन सक्दैन भने हात उठाओस् कहा कसलाई के गर्नुपर्दछ त्यो गर्न सक्ने क्षमता हामी

सग नि छ ! यी हात ताली बजाउन र भात खान मात्र दिएका हैनन् हामीलाई ! आफ्नो माटो, आफ्नो स्वाभिमान, आफ्नो राष्ट्र र आफ्नो राष्ट्रियताको रक्षा गर्न हामीले मज्जैले जानेको छ ! यति मात्र नभएर यिनलाई जनताले चुनेर पठाएको राष्ट्र विकासको रेखा खिच्नलाई हो कि वाईहात कुरा गरेर साम्प्रदायिकताला

कुरा यस्तो थियो खासमा-

उपसभामुख राधिका तामाङ्ले गाईको मासु खान पाउने नियमको बारेमा यसरी वकालात गरेकी थिइन।८ चैत्र, काठमाडौं । प्रदेश ३ का उपसभामुख राधिका तामाङले गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापा समक्ष माग गरेकी छन् ।संगै तामांग समुदायले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएकी छन् l नेपाल तामाङ घेदुङले विहिबार गृहमन्त्री बादल समक्ष माग पत्र पेश गर्न पुगेका प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपसभामुख तामाङले उक्त माग गरेकी हुन् । मागपत्र पेश गर्न प्रदेश ३ का उपसभामुख तामाङ तामाङ सांसद तथा अगुवाहरु पुगेका थिए ।

धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।जवाफमा गृहमृन्त्री थापाले कानुन संशोधन नगरी समस्याको समाधान नहुने भन्दै त्यसको लागि आवश्यक पहल गर्ने आश्वसन दिएको घेदुङका उपाध्यक्ष कुमार घिसिङले जानकारी दिए । गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, सांसद हितबहादुर तामाङ, ३ नम्बर प्रदेशका उपसभामुख राधिका तामाङ, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए । स्रोत :पीआरखबर

शनि, चैत्र १0, २०७४ मा प्रकाशित

यसमा तपाइको मत - कमेन्ट मा लेख्नुहोस

No comments:

Post a Comment