एजेन्सी । सामान किन्दा होस् वा कुनै बस्ती उपभोग गर्दा कर तिर्नु सामान्य नै हो । तर प्राकृतिक रुपमा नै सहजै पाइने कुनै बस्तुको कर तिर्नुपरे तपाई के गर्नुहुन्छ ? जस्तो आकाशबाट परिरहेको पानीमा बिझ्दाको कर, श्वास प्रश्वासका लागी लिइने हावाका लागी कसैले करको दाबी गरे तपाई के गर्नुहुन्छ ? स्पेनले ब्यालेरिक आइल्याण्डमा जाने हरेक ब्यक्तिले कर दिनुपर्ने हुन्छ ।
यो नियम स्पेनले सन् २००० देखि उक्त कर लागू गरेको हो । स्पेनले ब्यालेरिक आइल्याण्डमा जाने सबै पर्यटकले सूर्यको प्रकाश लिएवापत कर तिर्नुपर्ने प्रावधान राखेको डेलीमेलले जनाएको छ ।
डेलीमेलका अनुसार इबिजा, मालोर तथा अन्य आइल्याण्डमा जाने तथा त्यहाँ रोकिने पर्यटकहरुले दैनिक एक युरो कर तिर्नुपर्ने प्रावधान रही आएको छ । जहाँ प्रर्यटकहरुले हाँसीहाँसी उक्त अनौठो किसिमको कर तिर्दै आइरहेका छन् ।

No comments:
Post a Comment