अमेरिकी प्रहरीले नेपाली हत्यारा १७ बर्षपछि समात्यो, नेपाल झिकाउने तयारी - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, January 7, 2018

अमेरिकी प्रहरीले नेपाली हत्यारा १७ बर्षपछि समात्यो, नेपाल झिकाउने तयारी

काठमाडौं, २३ पुस । नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपाली अमेरिकी प्रहरीको फन्दामा परेका छन् ।

१७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका झापाकै लीलाराम गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो ।

झापा चन्द्रगढी ३ का स्थायी बासिन्दा रहेका ४० बर्षीय गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए ।

२०५७ साल असोज २८ गते भएको हत्यामा जिल्ला अदालत झापाले उनलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

गौतमलाई इन्टरपोलमार्फत नेपाल झिकाउने तयारी भइरहेको नेपाल प्रहरीको इन्टरपोल शाखाले जनाएको छ ।

दैनिक नेपालबाट

No comments:

Post a Comment