‘कुटुमा कुटु’ले राख्यो नयाँ रेकर्ड, युटुबमा ४ करोड पटक हेरियो-भिडिओ File - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, December 20, 2017

‘कुटुमा कुटु’ले राख्यो नयाँ रेकर्ड, युटुबमा ४ करोड पटक हेरियो-भिडिओ File

संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलका गीतलाई चार करोड पटक युटुबमा हेरिएको छ । युटुबमा अहिलेसम्म सबै भन्दा धेरै हेरिएको गीतको सूचीमा ‘कुटुमा कुटु’ परेको छ । सिवाकोटीको अतिरिक्त मेलिना राई र राजन इशानको स्वर रहेको यो गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ,आशिफ शाह लगायतले अभिनय गरेका छन् ।

नेपाली चलचित्र संगीतमा राजनराजका गीत सर्वाधिक हिट छन् । उनका गीतमा समावेस गरिने सरल शब्द र लोकलयमा आधारित संगीतकै कारण उनको संगीतमा रमाउने दर्शकहरु बढेका छन् । उनकै संगीत रहेको ‘सुर्के थैली खै, पूर्व पश्चिम रेल’ लगायतका गीतलाई युट्युबमा करोड दर्शकले हेरिसकेका छन् ।

सबै भन्दा पहिला करोड दर्शक बनाउन सफल ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ बोलको गीत अहिलेसम्म दुई करोड २३ लाख पटक हेरिएको छ भने ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ दुई करोड १७ लाख पटक हेरिएको छ ।

यो सब हुनुको कारण दर्शकको आफुप्रतिको सद्भाव हो भन्ने लाग्छ राजनराजलाई । ‘मेरा गीत हिट हुनुको श्रेय म मेरा दर्शक तथा श्रोतालाई दिन चाहन्छु ।’ उनले भने ।

मौवाको फेदमा जन्मेको कुटुमा कुटु राजनराजको स्वभाव अजिब छ । नयाँ केहि काम गर्न पर्‍यो कि बाइक चढेर आफ्नै घर दोलखाको डाँडागाउँ पुगिहाल्छन् । घरमाथि सानो जंगल छ । त्यहि छ दुई ठूला मौवाको रुख ।

‘मलाई त्यहाँ पुगेपछि सार्‍है रमाइलो लाग्छ । एकछिन ढुंगाको सिरानी राखेर सुत्छु ।’ राजनराजले भने । ‘कुटुमा कुटु’ बोलको गीत पनि त्यहि मौवाको फेदमा बसेर उनले लेखेका थिए । हिउँदको महिना थियो । रुखको पात झर्ने क्रममा थियो । चराचुरुङ्गीको चिरबिर आवाज जारी थियो ।

त्यहि बसे र लेख्न थाले । घरपारी उनको कुलदेउताको थान थियो । कालीनाग, अनि आफ्नै बारीको सुन्तला । गुलियो पनि नहुने, अमिलो पनि नहुने । यस्तै कल्पना गर्दै थिए । एकहुल मान्छे भारी बोकेर आए र चौतारोमा भारी बिसाए, पसिना पुछे र अंगेरीको पातमा सुर्ती बेरेर सल्काए । सुर्तिले कालो भएको दाँत देखाएर ती मान्छे हाँस्दा बेग्लै खालको सौन्दर्य झल्किन्थ्यो । यी सबै सन्दर्भ समेटेर गीत बनाए ‘कुटुमा कुटु सुपारी दाना’ ।

No comments:

Post a Comment