पूर्व प्रेमीका कैटरीना कैफको घाउमा मलम लगाउँदै सलमान खान - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, December 19, 2017

पूर्व प्रेमीका कैटरीना कैफको घाउमा मलम लगाउँदै सलमान खान

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान नायिकाका मामलामा चूजि मात्रै होइनन् सहयोगी पनि मानिन्छन् । कैटरिना कैफ र साजिद वाजिद, सोनाक्षी सिन्हा, जैकलिन लगायतका कलाकारहरुलाई सलमानले नै बलिउडमा डेब्यू गराएका हुन् । आँफुले डेब्यू गराएका कलाकारहरुलाई सलमानले सुखमा मात्रै होइन दुखमा पनि साथ दिँदै आएका छन् ।

यसैबिच नायिका तथा पूर्व प्रेमीका कैटरीनाका फिल्महरु एकपछि अर्को गर्दै लगातार ४ फिल्म फल्प भइरहेका बेला सलमानले कैटरीनाको घाउमा मलम लगाउने काम गरेका छन् ।

एक रिपोर्टअनुसार सलमान खान ती दुबै नायिकालाई आफ्नो फिल्ममा ‘स्क्रीन्स स्पेस’ दिने भएका छन् । पछिल्ला ४ फिल्म लगातार फ्लप भएपछि कैटरिना कैफ सलमान खानको ‘टाइगर जिन्दा है’ का साथ कमब्याक गरिरहेकी छन् ।

यो फिल्मको निर्माण पक्षले कैटरीना कैफलाई भूमिका दिन चाहेको थिएन । तर सलमान खानकै कारण कैटरिनाले शिर्ष अभिनेत्रीको भूमिका पाएको बताइएको छ । यो फिल्म आगामी शुक्रबार रिलिज हुँदैछ ।

No comments:

Post a Comment