यादव देवकोटा उर्फ सरापे र आशिष प्रतापलाई पाँच हजारको विल तिर्न पैसा नहुँदा कुटाई खानु परेको छ । यो बास्तविक जिवनमा नभइ एउटा गीतमा त्यस्तो भएको हो । तेजश रेग्मीको जन्म दिन पारेर हिजो सार्वजनिक भएको निकै रमाइलो रोइला गीत बेसार मसलामा यस्तो भएको हो । सम्झना लामिछाने र तेजश रेग्मीको आवाज रहेको सो गीतको म्युजिक भिडियोमा नयाँ पन दिन खोजेका छन सरोज रोशन भट्टराईले । उनले निर्देशनमा निकै मेहनत समेत गरेको देखिन्छ ।
फुर्ति मात्र लागाउने एउटा अल्लारे केटा र होटलकी साहुनी विचको रमाइलो सम्वाद गीतले उठाएको छ । गीतका उत्कृष्ट शव्द भने सतिश अधिकरीले लेखेका छन भने लय सिर्जना तेजश रेग्मीलेनै गरेका छन । हामी सँग कुरा गर्दै गायक तथा गायीकाले निकै फरक खालको गीत भएकोले यो गीत सबैले भन पराइदिनेमा आफु आशावादी रहेको बताउनु भयो । गीतमा आशिष प्रताप,यादव देवकोटा र सम्झना लामिछानेले निकै राम्रो अभिनय गरेका छन । गीतलाई एस थ्रि के इन्टडेण्डमेन्डले बजार व्यवस्थापन गरेको छ । गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।
No comments:
Post a Comment