यी मानिस कुकुरजस्तै भएर बस्छन्, आफ्नो दिनचर्या पनि कुकुर जस्तै बनाएका छन - कारण जानेर छक्क पर्नु हुन्छ - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, December 10, 2017

यी मानिस कुकुरजस्तै भएर बस्छन्, आफ्नो दिनचर्या पनि कुकुर जस्तै बनाएका छन - कारण जानेर छक्क पर्नु हुन्छ

टम नामक एक व्यक्ति कुकुरको जस्तो जिन्दगी बिताउँछन् । उनी आजकल पूर्वप्रेमिकाको घरमा कुकुरजसरी बसिरहेका छन् ।उनी भुइँमा बसेर बाउलमा खाना खान्छन् र हातखुट्टा टेकेर हिँड्छन् ।हालै एक टीभी शोमा टम र उनकी पूर्वप्रेमिकाको अन्तर्वार्ता प्रसारित भएको थियो । टीभी शोमा पनि उनी कुकुरजस्तै गरी भुइँमा बसेका थिए । किन कुकुर जस्तो बसेको भन्ने प्रश्नमा उनले जिन्दगीको व्यस्तता र तनावबाट बच्न यो ट्रिक अपनाएको बताए ।

केही समय कुकुर बनेर उनले ताजा भएको अनुभव गरेपछि पूरै जिन्दगी यसरी नै बस्ने सोच बनाए ।टमकी पूर्वप्रेमिका रेचललाई उनको यो बानी शुरुमा त रमाइलो लाग्यो तर पछि गएर उनलाई झर्को लाग्न थाल्यो । अनि उनीहरू छुट्टिए ।


टमले ह्युमन पप नामक एक समुदाय पनि बनाएका छन् र उनीसँग अन्य मानिस पनि जोडिएका छन् । तनाव हटाउने यो राम्रो उपाय भएको उनीहरू ठान्छन् ।रेचलसँग ब्रेकअप भएपछि टमले एक समलिंगीसँग सम्बन्ध बनाए र उसैसँग बस्न थाले । तर एक दिन रेचलले उनलाइृ टीभीमा देखिन् र उनीमाथि बनेको डकुमेन्ट्री हेरिन् । ह्युमन पप्स कम्युनिटीको लोकप्रियताका बारेमा उनले थाहा पाइन् ।अनि त्यसपछि रेचल भावुक भइन् र टमप्रति आफूले नराम्रो व्यवहार गरेको ठानिन् । रेचलले टमलाई भेटेर माफी मागिन् । अहिले टम कुकुर बनेर रेचलकै घरमा बसिरहेका छन् ।


एजेन्सी

No comments:

Post a Comment