आजको राशिफल : बि.स.२०७४ मंसिर २५ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर ११ तारिख । नेपाल सम्बत् ११३८ । - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, December 10, 2017

आजको राशिफल : बि.स.२०७४ मंसिर २५ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर ११ तारिख । नेपाल सम्बत् ११३८ ।

बि.स.२०७४ मंसिर २५ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर ११ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि नवमी ५६ घडी ४८ पला । नक्षत्र उत्तरफाल्गुनि ४० घडी २२ पला,रातको १० बजेर ५७ मिनेट उप्रान्त हस्त । योग प्रिती ४ घडि १४ पला, बिहान ०८ बजेर ३० मिनेट उप्रान्त आयुष्मान । करण तैतिल,बेलुका ५ बजेर ५० मिनेट उप्रान्त गर । आनन्दादिमा श्रीवत्स योग । विश्व पर्वत दिवस ।

चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०८ मिनेट जादा । दिनमान २५ घडी ५५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि पार्दै फाईदा उठाउँन सकिनेछ । सत्रुहरुलाई परास्त गर्दै न्यायिक निर्णयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । पुराना समस्या तथा थाति रहेका कामहरु सम्पादन हुनेछन् भने व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लागि हुँने समय रहेकोछ । माया प्रेम तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा चुनौतिहरुको सामना गर्न जोस जागर बढेर आउँनेछ ।

शुभ अंक — १,७ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।

शुभ अंक — २,५ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ । छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ । भने खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ ।

शुभ अंक — २,७ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने साझको समय उत्तम रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको नाम अग्र स्थानमा आउँने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — १,६ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९

No comments:

Post a Comment