कसैले घुस माग्यो ? अख्तियारको टोलफ्री नम्बर १०७ मा फोन गर्नुस ! जानकारीको लागि शेयर गरौ - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, April 4, 2018

कसैले घुस माग्यो ? अख्तियारको टोलफ्री नम्बर १०७ मा फोन गर्नुस ! जानकारीको लागि शेयर गरौ


काठमाडौँ, २ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोल फ्री नं १०७ लाई थप प्रभावकारी बनाउने भएको छ ।


आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरिएका सूचनापाटी र स्टिकर टाँस्ने भएको छ ।


पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिए ।


धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ ।


आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ । ‘अन्य नम्बरमा फोन गर्दा पैसा लाग्छ, झन्झटिलो हुन्छ, त्यसैले कुनै गुनासो भए १०७ नम्बरमा निःशुल्क गर्न सकिन्छ,’ उनले भने ।

No comments:

Post a Comment