
वासिङटन अमेरिका। बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ।
यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको बताइएको छ। बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ।
दक्षिण अमेरिकी यस देशमा आएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्पमा विभागले जानकारी दिएको छ।
तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ।
ब्राजिलमा पनि यो भूकम्पको ठूलो धक्का महसुश गरिएको अधिकारीहरुको भनाइ छ।
विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको महसुश गरिएको बातइएको छ। सिन्ह्वा
No comments:
Post a Comment