पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ बढेको भाउ - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Monday, April 2, 2018

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ बढेको भाउ


काठमाडौँ – नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।


निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आजैदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।


निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

No comments:

Post a Comment