पढ्नुहोस अनि share गर्नुहोस् आजको राशिफल : बि.स.२०७४ चैत्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २२ तारिख । नेपाल सम्बत् ११३८ । - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Wednesday, March 21, 2018

पढ्नुहोस अनि share गर्नुहोस् आजको राशिफल : बि.स.२०७४ चैत्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २२ तारिख । नेपाल सम्बत् ११३८ ।

–बि.स.२०७४ चैत्र ०८ गते । बिहिबार । ईश्वी सन् २०१८ मार्च २२ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि पञ्चमी १९ घडी ५८ पला,दिउसो २ बजेर ८ मिनेट उप्रान्त षष्ठि । नक्षत्र कृतिका,३० घडी ४६ पला,बेलुकी ६ बजेर २७ मिनेट उप्रान्त रोहिणी । योग विष्कुम्भ १३ घडि ३० पला,बिहान ११ बजेर ३२ मिनेट उप्रान्त प्रिती । करण वालव,दिउसो २ बजेर ८ मिनेट उप्रान्त कौलव,रातको १ बजेर ९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा लुम्ब योग । चन्द्रराशि बृष । जलदिवस।

काठमाडौंमा सूर्योदय ६ बजेर ८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर १५ मिनेट । दिनमान ३० घडी १८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ भने बहुमुल्य बस्तु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

शुभ अंक — १,५ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नैहरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला । बिदेसी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशी धन तथा सम्पति हात लागी हुँने योग रहेकोछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — १,४ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु प्रशन्न हुनेछन् । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढे गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न अलि बढिनै समय खर्चनु पर्नेछ । काम गर्ने सवालमा ध्यान दिनुहोला आम्दानिका स्रोतहरु एक्कासी बन्द हुँन सक्छन् । अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ४,८ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानशिक तनाब बढ्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईच्छाशक्ति एवम् लगनशिलताले व्यावसायिक मार्ग अबलम्बन गर्नुका साथै आए आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

शुभ अंक — २,७ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित बिषयमा सहभागि नहुँनु होला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९ नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

No comments:

Post a Comment