अनौठो मुद्दा लिएर सम्बन्ध विच्छेद गर्न अदालत पुगिन महिला..पढ़नुहोस पुरा - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, March 29, 2018

अनौठो मुद्दा लिएर सम्बन्ध विच्छेद गर्न अदालत पुगिन महिला..पढ़नुहोस पुरा


एजेन्सी । सम्बन्ध विच्छेदको माग गर्दै अदालत पुगेकी महिलाको मुद्दाले न्यायाधीसहरु चकित बने। उनले सम्बन्ध विच्छेद गर्न खोज्नुको कारण थियो, उनका पतिलाई रोटीको व्यास २० सेमी चाहिएको र आफुमाथि कुटपिट गरेको ।


यो घटना भारत महाराष्ट्रको हो। ती महिलाले आफ्ना पति इन्जिनियर भएको र उनलाई हरेक काममा इन्जिनियरको लत लागेको बताएकी थिइन्। उनका पतिलाई परफेक्शन नभइ अति परफेक्शनको अपेक्षा थियो। तर उनले पतीको इन्जिनियर अपेक्षा पुरा गर्न नसक्दा विभिन्न यातना सहनु परेको थियो। यतिसम्मकी उनले पकाएको रोटीमा समेत नाप लिने गरेका थिए।


पत्नीले दिनभर गरेको हरेक कामको जाँच गर्ने गरेका थिए। चाहना अनुसार वा मन नपरेको कुनै काम देखिए पतिले आफूलाई गाली गलौज, अपमान तथा कुटपिट समेत गर्दै आएको महिलाको गुनासो थियो।


आफ्नो पीडा सुनाउँदै उनले भनिन्, पतिको हर्कतका कारण कहिने त आत्महत्या गर्र्न प्रयास गरे, तर हाम्री छोरी पनि भएकाले उनलाई छोडेर मर्न सकिन्।


उनीहरुको २००८ मा विवाह भएको थियो। विवाहको केही दिनसम्म त उनीहरुको सम्बन्ध राम्रो थियो। तर पछिल्ला दिनहरुमा अचानक पतिले अनौँठो हर्कत देखाउने गरेको महिलाले बताइन्।

No comments:

Post a Comment