एसईईबाट वञ्चित विद्यार्थी भन्छन् 'पढेको के अर्थ भयो र ? - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, March 24, 2018

एसईईबाट वञ्चित विद्यार्थी भन्छन् 'पढेको के अर्थ भयो र ?

विराटनगर – परीक्षा केन्द्रबारे विद्यार्थीलाइृ सही जानकारी र सूचना नदिइँदा मोरङका धेरै विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका छन् ।विगतमा नियमित र एक्जाम्टेडलाई एकसाथ राखेर परीक्षा लिने गरिए पनि यसपटक एक्जाम्टेडतर्फका परीक्षार्थीको केन्द्र सदरमुकाममा निर्धारण गरिएको छ ।

तर, विद्यालयले एक्जाम्टेड विद्यार्थीलाई केन्द्रको जानकारी नदिएका कारण विराटनगरका मात्रै एक सय विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

जितेन्द्रनारायण ठाकुरले लेखेको समाचारअनुसार, विराटनगरका दुई विद्यालयमा एक्जाम्टेड विद्यार्थीका लागि बेग्लै परीक्षा केन्द्र कायम गरिएको छ ।रतुवामाइ नगरपालिकाका रम्भा यादवले केन्द्रबारे जानकारी नपाउँदा पहिलो दिनको परीक्षा छुटेको दुखेसो गरे ।उनले भने, बर्षभरि लगाएर गरेको मेहनत खेर गयो, परीक्षा नै दिन नपाएपछि पढेको के अर्थ भयो र ?

No comments:

Post a Comment