काठमाडौं, फागुन २८ – अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनामा परेको युएस बंगलाको जहाजका यात्रुलाई उद्दार गरी सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएका झन्डै आधा यात्रुहरु मृत रहेको बताइएको छ ।
अस्पतला लगिएका यात्रुमध्ये जीवितलाई अस्पताल भित्र उपचारका लागि लगिएको छ भने मृतलाई अस्पताल परिसरमा राखिएको छ । अहिलेसम्म कति यात्रु ल्याइयो र कति जीवित छन् भन्ने एकीन छैन। अस्पतालले एकिन संख्या अझै भनेको छैन। तर उपचारमा संलग्न चिकित्सकले झन्डै आधा यात्रुको मृत भएको जानकारी दिएका छन्।विमानमा ७१ यात्रु सवार रहेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुग्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment