परीक्षा हलमै छोरी जन्मिएपछि स्ट्रेचरमा बसेर एसईई दिइन् फुलमायाले , छोरीको नाम राखियो प्रवेशिका - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, March 27, 2018

परीक्षा हलमै छोरी जन्मिएपछि स्ट्रेचरमा बसेर एसईई दिइन् फुलमायाले , छोरीको नाम राखियो प्रवेशिका

म्याग्दी -पश्चिम म्याग्दीको धौलागिरी सिबाङमा हेम माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा एसईई दिन गएकी एक युवतीले छोरी जन्माएकी छन् ।ताकम मावि ताकमबाट एसईई परीक्षामा सहभागी २१ वर्षीया फुलमाया केसीले मंगलबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।

विज्ञान विषयको परीक्षा दिन गएकी केसीलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएको थियो ।सुत्केरी भएको एक घण्टापछि परीक्षार्थी केसीलाई स्ट्रेचरको सहायतामा परीक्षा दिने व्यवस्था मिलाइएको बताइएको छ ।

सुत्केरी भएलगत्तै फुलमायाले विज्ञान विषयको परीक्षा दिने बताएपछि स्वास्थ्यकर्मीले उहाँलाई स्टे«चरमा लैजान सुझाव दिएका थिए । एसईई परीक्षा दिने क्रममा जन्मिएकी केसीको छोरीको नाम प्रवेशिका राखिएको छ ।

No comments:

Post a Comment