मिसाइल मात्र बनाउँदैन उत्तर कोरिया– यस्ता छन अन्य अनौठा आविष्कार - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Tuesday, January 2, 2018

मिसाइल मात्र बनाउँदैन उत्तर कोरिया– यस्ता छन अन्य अनौठा आविष्कार

विश्वभरका मिडियामा उत्तर कोरिया तब छाउँछ जब उसले कुनै आणविक हतियारको परीक्षण गर्दछ ।

तर स्वयं उत्तर कोरियामा रहेका स्थानीय मिडियाहरुको कुरा गर्नेहो भने अवस्था फरक छ ।

स्थानीय मिडियाहरुमा ती उत्तर स्वदेशी वैज्ञानिकहरुको उपलब्धीका बारेमा निकै नै बखान गरिएको हुन्छ, जसको आविष्कार निकै आकर्षक सुनिन्छ । तथापि स्थानीय मिडियामा बखान गरिने त्यस्ता आविष्कारका कुरा साँचो हुन् वा अफवाह मात्र हो, त्यसको सत्यता कसैलाई थाहा हुँदैन ।

उत्तर कोरियाका केही यस्ता अनौठा तथा चर्चित आविष्कार यस्ता छन्ः

ह्याङ्गओभर फ्री रक्सी : द प्योंगयांग टाइम्समा गत वर्ष छापिएको समाचार उत्तर कोरियाली वैज्ञानिकहरुले यस्तो रक्सी तयार पारेका छन् जसलाई ह्याङ्गओभर फ्री रक्सी भनिन्छ । यो रक्सी पिउँदा अरु रक्सीले जस्तो ह्याङ्गओभर गराउँदैन । यसमा ३०–४० प्रतिशतसम्म अल्कोहल हुन्छ र यो स्थानीय रुपमा पाइने औषधीय वनस्पती जिनसेंग र चामलबाट बनाइएको हुन्छ । जिनसेंगमा भएको औषधिय गुणले गर्दा यो रक्सी पिउँदा ह्याङ्गओभर नहुने दाबी गरिएको छ ।

धुम्रपान प्रतिरोधी औषधि

धुम्रपान रोक्नका लागि उत्तर कोरियाली वैज्ञानिकहरुले सन् २०११ मा विशेष खालको धुम्रपान प्रतिरोधी चक्कीको आविष्कार गरेको दाबी गरेका थिए । यसले धुम्रपानको लत छोडाउने होइनकी धुम्रपानबाट सरीरमा प्रवेश गरेका विषाक्त पदार्थहरुलाई निर्मलीकरण गर्दछ । यसमा जिनसेंगका अलावा अन्य विभिन्न औषधिय तत्वहरुका साथै क्यान्सर प्रतिरोधी तत्वहरु समेत मिसाइएको दाबी गरिएको छ ।

मृगौलाको चमत्कारी औषधि

उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार मृगौलाको समस्या समाधानका लागि एक चमत्कारी औषधि पत्ता लगाइएको छ । उक्त औषधि प्रोटोपोरफिरीन बायोकेमिकल हो, जुन जनावरको रगतबाट बनाइन्छ । यसबाट हेपाटाइटिस, सिरोसिस लगायतका रोगको पनि उपचार गर्न सकिन्छ ।

बुद्धिबर्धक पेय

उत्तर कोरियाली मिडियाहरुका अनुसार स्याउ, नासपाती र स्ट्रबेरीको स्वादमा तयार पारिएको उक्त पेय पदार्थले मस्तिष्कका कोशिकाहरु बढाउनमा सहयोग गर्दछ । उक्त क्रान्तिकारी पेय पदार्थले मस्तिष्क तेज बनाउन तथा स्मरणशक्ति बढाउन मद्धत गर्दछ । साथै यसले मुटुरोग र अनुहारमा चाउरी पर्नबाट पनि रोक्दछ । इन्टरनेट फ्री ट्याबलेट

उत्तर कोरियाली यस्तो ट्याबलेट बनाएको छ जुन एन्ड्रोइड फोर अपरेटिङ सिस्टमबाट चल्दछ र त्यसमा केवल उत्तर कोरियाको इन्टरनेटमात्र चल्दछ । त्यसमा उत्तर कोरियाली समाचार एजेन्सी, मुख्य पत्रिका तथा सरकारी टेलिभिजनका एप इनबिल्ट राखिएको छ । त्यसमा रहेको टिभी ट्यूनरमा केव सरकारी च्यानल मात्र आउँछ । उत्तर कोरियाली नागरिकलाई इन्टरनेट चलाउन प्रतिबन्धित छ । उनीहरु यसमा युट्युब र जिमेल खोल्न सक्छन् तर त्यसको प्रयोग केवल एंग्री बर्डस् गेम खेल्नमात्र गरिन्छ ।

बीबीसी

No comments:

Post a Comment