share गर्दै जानुहोला आजको राशिफल : बि.स.२०७४ पौष ०१ गते । शनिबार । - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, December 15, 2017

share गर्दै जानुहोला आजको राशिफल : बि.स.२०७४ पौष ०१ गते । शनिबार ।

share गर्दै जानुहोला

बि.स.२०७४ पौष ०१ गते । शनिबार । ईश्वी सन् २०१७ डिसेम्बर १६ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि त्रयोदशी, १ घडी ५६ पला,बिहान ७ बजेर ३५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र अनुराधा ५५ घडी ०६ पला । योग धृति ५१ घडि ४८ पला । करण वणिज,बिहान ७ बजेर ३५ मिनेट उप्रान्त भद्रा,बेलुकि ८ बजेर २३ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा अमृत योग । चन्द्रराशि बृश्चिक । पौष संक्रान्ति। दिशिचह्रे पूजा।

काठमाडौंमा सूर्योदय ६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०९ मिनेट जादा । दिनमान २५ घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बित्तिय क्षेत्रमा गरिएको लगानि भने फस्टाएर जानेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

शुभ अंक — १,९ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यावसायिक क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।

शुभ अंक — ५,६ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । लेखन कलाको बिकाश हनेछ भने लेखेरै आफ्ना भनाईहरु जनमासमा लैजान सकिनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला ।

शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । प्रतिभाको उच्च मुल्यांकन हुँनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेसमा बसेर श्रम तथा शक्ति खर्च गर्नेहरुका लागि आजको दिन लाभदायक हुनेछ । अध्ययनमा बिद्यार्थि वर्गहरुले अल्छि गर्नाले चाहेजस्तो सफलता प्राप्त नहुँन सक्छ । व्यापारमा समय लगानि गर्नेहरुका लागि बिदेशमा उत्पादन भएका सामानहरुबाट प्रशस्त आम्दानि हुनेछ भने स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दि आउँनेछ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ । शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ । शुभ अंक — २,८ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

शुभ अंक — ३,४ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद । ज्योतिषी दुर्गा प्रसाद भण्डारी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र चाबहिल, काठमाडौं फोन न. ९८५११७८४५९

No comments:

Post a Comment