केपी ओलीलाई राजनीतिक मैदान छोड्न रवीन्द्र मिश्रको चेतावनी (भिडियोसहित) काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक मैदान छोड्न चेतावनी दिएका छन् । राजधानीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै मिश्रले ओलीको नाम नलिई यस्तो चेतावनी दिएका हुन् । ‘मलाई पूर्वप्रधानमन्त्री गाली गर्दै हुनुहुन्छ । म सुन्दै छु । तर, उहाँहरुले यो देशमा अधिकारका निम्ति आन्दोलन गर्नुभयो । त्यसकालाई उहाँहरुलाई म दुई हात जोडेर सलोट गर्छु तर उहाँहरुले देश विकास गर्न सक्नु भएन । अब म राजीतिक मैदानमा आए भनेर गाली गर्ने होइन तपाईंहरु मैदान छोडेर हामीलाई देश विकासको जिम्मा छोडिदिनुहोस् ।’ ओलीलाई चेतावनी दिँदै रवीन्द्रले गरेको भाषण भिडियो हेर्नुहोस् ।
Saturday, December 2, 2017
केपी ओलीलाई राजनीतिक मैदान छोड्न रवीन्द्र मिश्रको चेतावनी (भिडियोसहित)!!!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment