अब पृथ्वीमै मंगल ग्रहको जस्तै वातावरण |लाखौ डलरको लगातमा मंगल ग्रहको अनुभूति हुने गरी मार्स सिटी निर्माण बनाइदै, बन्यो यस्तो ठाउँ (फोटो सहित) - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Sunday, December 17, 2017

अब पृथ्वीमै मंगल ग्रहको जस्तै वातावरण |लाखौ डलरको लगातमा मंगल ग्रहको अनुभूति हुने गरी मार्स सिटी निर्माण बनाइदै, बन्यो यस्तो ठाउँ (फोटो सहित)

दुबई सरकारले लाखौ डलरको लगातमा मंगल ग्रहको अनुभूति हुने गरी मार्स सिटी निर्माण गर्ने घोषणा गरेको छ। बीबीसीका अनुसार दुबई सरकारले उक्त शहरमा मंगल ग्रहको जस्तै वातावरण निर्माण गरिने भएको हो।

यस्तै दुबईका सरकारी अधिकारीका अनुसार करीब १३५० मिलियन अनुमानित डलरको लागतमा बन्‍ने उक्त शहर एक लाख वर्ग फुटमा फैलिएको हुनेछ। जसले ब्रमाण्डमा पहिलेदेखि नै रहेको कुनै पनि संरचनाको सबैभन्दा ठूलो कपी हुने दाबी गरिएको छ।

यो शहरको स्थापनाको दौरानमा अनुसन्धानकर्ताले अलग अलग अनुभव गर्न पाउनेछन्। जसमा मंगल ग्रहमा जीवनको लागि चाहिने भोजन, पानी तथा ऊर्जाको अनुभव समेत समावेश गरिएको हुनेछ।

यो परियोजना दुबइको ‘मंगल ग्रह २११७ प्रोजेक्ट’को एउटा हिस्सा हुनेछ जसको माध्‍यमबाट मानव बस्तीलाई विस्तारै मंगल ग्रहमा बसोबासको लागि प्रेरित गर्नेछ।

संयुक्त अरब इमिरेट्सका अबुधाबीमा बसेको सालाना बैठकमा यस्तो प्रकारको मार्स सिटी प्रोजेक्टको घोषणा गरिएको थियो। शहरमा आधुनिक ल्‍याब मंगल ग्रहको जमिन तथा कठोर मौसमलाई मध्‍यनजर गरी बनाउने सरकारी योजना रहेको छ।

उक्त शहरमा एउटा संग्रहालय समेत राखिनेछ जसमा अन्तरिक्षमा पाइने संसारका अनुभूतिलाई देखाउनेछ।

यो संग्रहालयको ढोकालाई थ्रीडी प्रिन्टरको माध्‍यमबाट बनाइनेछ जसलाई संयुक्त अरबको मरुभूमिबाट ल्‍याइनेछ।

उक्त शहर बनाउने डिजाइनरभने भनेका छन्, ‘मार्स सिटीमा पाउने जीवनको उपलब्धि भनेको त्‍यहाको पर्यावरण तथा भविष्‍यमा त्यहाँ बसोबासमा महत्वपूर्ण भूमिका हो।’

No comments:

Post a Comment