सार्वजनिक भयो ‘बटरफ्लाइ’को शिर्ष गीत>> - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Thursday, December 28, 2017

सार्वजनिक भयो ‘बटरफ्लाइ’को शिर्ष गीत>>

सार्वजनिक भयो ‘बटरफ्लाइ’को शिर्ष गीत

अभिनेत्री प्रियंका कार्कीको पीडा र अभिनेता आर्यन अधिकारीको छटपटिलाई फिचरिङ गरिएको चलचित्र ‘बटरफ्लाई’को शिर्ष गीत सार्वजनिक भएको छ । पौष २८ गतेबाट रिलिज हुने चलचित्रको यो गीतमा यूवराज चौलागाइको स्वर, विकास चौधरीको संगीत, सुरज लामिछानेको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरेश वज्रचार्यले खिचेका हुन् । चलचित्रमा आर्यन र प्रियंकाका अलवा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रलाई ओम प्रतिकले निर्देशन गरेका हुन् । चलचित्रमा अर्जुन जीसी र मन्दिल श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन छ । पुष्पाञ्जली अधिकारी, रामशरण पाठक, भूपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रमेश प्रजापति हुन् ।

२०७४ पुष १४ गते १२:४७ मा प्रकाशित

No comments:

Post a Comment