"कालो_आकास" -कथा पढेर सुझाब सल्लाह अबश्य दिनुहोला - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Saturday, December 2, 2017

"कालो_आकास" -कथा पढेर सुझाब सल्लाह अबश्य दिनुहोला

आमा हामी गाउँ छोडेर कहाँ जाने ,काले अध्यारो अनुहार बनाउदै आमातिर फर्कियो।कालेकी आमा अझै थरथर कापिरहेकी थिईन।कपाल जिङ्ग्रीङ्ग परेको थियो।ढाड पछाडी को ब्ल्वाउज को भाग च्यातचुत भएको थियो।घुडाबाट धारा लगाएर बग्दै बुडि औलाको नङ्ग छोएको रगतको टाटो बसिरहेको थियो।कहाँ लड्यौ आमा तिमी, हामी गाउँ छोडेर नगए हुन्न।आफ्नो मनको खुलदुली मेटाउन काले आफ्नो आमाको धोती तान्दै सोधिरह्यो।"ए नकारान कति कराको बजिया खप्पर फुटाईदिउ।काले झस्याङ्ग भयो।हंसले ठाँउ छोड्यो।आफ्नो बा को कठोर बोली सुनेर पिडिमा बसेका बा तिर फर्कियो।अगेनाको बिरालो लाई हेरेर कराईरहेका बा देखेर लामो सास फेर्यो।मुटु कापिरहेको थियो।आमालाई फेरि सोधेभने बा ले साच्ची अब मलाई कराउछ्न।मन मा कल्पिएको बिचार ले उसको बोली फुट्न सकेन। आगनमा निस्कियो। चिसो हावाको झोक्काले उसका काला मयल परेका नाङ्गा साप्रालाई निशाना बनाईरह्यो।पर डाडाबाट बिस्तारै ओरालो लाग्दै गरेको सुर्जेलाई हेरेर टोलाईरह्यो।ओई काले ,मकैबारीको बिच बाट निस्किएको आवाज सुनेर काले चकित पर्यो।यो भन्दा अगाडी यसैबेला उसले मकैबारीमा झ्याउकिरिको आवाज मात्र सुन्ने गर्थ्यो।को साले चोर हो मेरो मकैबारीमा ,काले कड्कियो।कछुवा झै आधा अनुहार मकैबारीको छेउबाट निकाल्दै रामेले सुसेली बजायो।ए यो साले झ्याउकिरी पो रैछ ।पख म आउछु ।फरक्क काले ले आगनतिर फर्कियो।बा ले देख्लान भन्ने डरमा चप्पल हातमा बोकेर बिस्तारै तगारो नाघ्यो।काले जोडले बत्तिएर मकैबारी पुग्यो।के भो साले ,कालेको कुरामा वास्ता नगरि च्याप्प कालेको हात समातेर रामे मकैबारीमा छिर्यो।सुर्ती ल्याछ्स ,माड त खाम ,झटपट भित्री कट्टुमुनि लुकाएर राखेको झिलमिले प्लाष्टिक निकाल्यो।हात थाप, काले हात तेर्सायो।सुर्तिको सुकेका पातलाई न्वारान देखिको बल लगाएर मिच्दै मुखको कुनामा छिरायो।कृतिम मुख फुलाउदै पिच्च पिच्च थुक मकैबारी मा फालिरह्यो।"काले मलाई बिर्सिन्छ्स होला हगि "रामेले रुन्चे अनुहार लगाएर कालेतिर फर्कियो।साले के भनेको ,किन बिर्सिने ,काले दङ्ग पर्दै रामेलाई हेरिरह्यो।मेरो घरा सुनेको तेरो आमाले सुबदारेको घरको पैसा गहना चोरिन रे,सब्बै मिलेर भक्कु कुटेछ्न रे,सुर्तिले कालेको दिमागमा सड्का हान्यो।कानका रौ ठाडा ठाडा भए,एकफेर भित्री आत सिरिङ्ग भयो।सप्पैले कुटेका रे,लगलग खुट्टा कपाउदै रामेतिर फर्कियो ।अ सप्पैले रे ।"तेरो बा आमाले नि" ,दात टोक्दै कालेले रामेको कठालो समात्यो।मेरा बा आमा लाई छोडेर सप्पैले रे।अनि माया पनि त्यही थिई,त्यल्ले नि देखि,काले को शरीर को ताप्क्रम उम्लिरहेको थियो।गाउमा सप्पैले देखे रे।कालेको रिसको अगाडी रामे तुरुक्क मुतै आउला झै कापिरहेको थियो।साले म पल्लो गाउँ जादा मेरो आमालाई एक्लो देखेर कुट्ने रा**का बानहरु ,सप्पैलाई मेरो मरेको पाडो पुरेको ठाँउमा जाक्छु म ,भैंसी मुत्या जसरी छल छल मुत्ने गरेर हान्छु,त मान्छे मात्रै देखा,पाखुरा नचाउदै काले उफ्रियो।काले त गईश भने त म एक्लै हुन्छु यार ,त्यो गोरेलाई अघि भेटेथे,क्या सान देखाथ्यो सालेले,रामे निहाउरो पर्यो।चिन्ता नर के त ,कुन सालेले निकाल्दो रैछ हेर्छु ,मेरि आमालाई कुट्ने एक एक सा बदला लिन्छु,त हेर मात्रै ।काले को अनुहारमा आगोमा तताएको फलाम झै रातो भएको थियो।"त्यसो भए भोलि त र म भर पर खोला माछा मार्न जानपर्छ,त्यो माछा बेचेर नेवार बुढासा सुर्ती किन्न पर्छ।अब अलिकती मात्र बाकी छ हेरत ,कालेले प्लास्टिक को मुखभित्र चिहायो।ल भोलि जाम्ला म गए ढिलो गए आमाले फेरि कुचोले हान्छिन।

रामे एक कान्लो उक्लिएर गर्हा को डिल डिल बत्तियो।काले को दिमाग असन्तुलित बनिरहेको थियो।आफ्नो घाईते भएकी आमा को दर्द उ आफुभित्र महसुस गर्दै थियो।जुरुक्क उठेर काले घरतिर दोैडियो।चुपचाप बिरालो चालमा भित्र पस्यो।ओई काले तेरो पनि सामान मिला त ,तेरि आमाले सक्दिन,भोलिनै बाटो लाग्नुपर्छ।काले को होस हवास उड्यो।बा सङ्ग तर्क गर्न सक्ने आट उसङ्ग थिएन।यो चोटि गाउँ छोडेर जाने भन्ने कुरा पत्ताउन बाध्य बनेको थियो।मन अमिलो बनाउदै भुईमा छरिएका दुईदिन जोर जागे ,टिर्सट स्कुलको झोलामा कोच्यो ।हाम्रा बा मलाई मात्र थर्काउछ्न,नाथे गाउलेसङ्ग किन डराएका हुन कुन्नी ,आँखा रसिलो बनाउदै एकमन बनाएर किताब कापी लाई झोला भित्र कोचिरह्यो।एउटा सानो कागज को टुक्रा भुईमा फुत्त झर्यो।काले को सास रोकिएला झै भयो।बा ले देख्लान भन्ने डरले कागज लाई तत्काल पाना भित्र कोच्यो।कालेको मन खिन्न भयो।मायालाई दिने भनेर रामेलाई लेख्न लगाएको चिठि मायालाई दिन नपाउदा आँखा चिम्सा पार्दै भिजेका परेली हत्केला ले पुछ्यो।म गाउँ छोडेपछि माया ले मलाई भुल्छे होला।कालेको रगत चिसो भयो।सबै सामान कोचेर अगेना मा गएर आगोको तातोमा गएर खुट्टा पसार्यो।मन बेचैन बनिरहेको थियो।बाहिर आगनमा सोझियो।ल आजबाट तिमिहरु पनि आफ्नो घर खोज्नु,बाख्राका साना दुईओटा पाठा फुकाएर काले का बाले पाठालाई तगारो बाहिर लखेटे।आफ्नो बा को भिजेको आँसु देखेर काले खुईया सास फेर्यो।यो भन्दा अगाडी आफ्ना बालाई कालेले कहिल्यै रोएको देखेको थिएन।मेरा बा साच्चिकै कमजोर रहेछ्न ,म भन्दा नि कमजोर ,आमालाई कुट्ने गाउलेसङ्ग बदला लिन सकेनन ।मलाई यो गाउमा बस्न दिएको भा भएनी ती सालेहरु एक एक गरेर लडाउथे,एकमनले यी कुरा सोच्दै गर्दा अर्को मनमा रामे र माया को अनुहार झल्झल नाचिरह्यो।हुतिहारा बाउ।मनको आक्रोस आफ्नो बाउसङ्ग पोख्दै काले आगनमा थचक्क बस्यो। अधेरो बढीरहेको थियो।पर परसम्म चिहायो।तर कोहि मानव आकृति देख्न सकेन।जाडो सहन नसकेर भित्र पस्यो।"नरो ,यो गाउले नै पापी रहेछ्न त के गर्छेस,हामी सुकुम्बासी को भाग्य नै यस्तै रैछ त ,जहाँ गएपनी कोहि आफ्नो नहुने रैछ,तेरो गल्ती नै नभको कुरामा चित्त दुखाएर के गर्छेस,यो गाउलेको पाप एक दिन यो गाउले ले नै भोग्नुपर्छ,नरो,भोलि झिसमिसे मै यो गाउँ छोडोैला,कर्म गरेर खाने हो,भगवानले कहि न कहि त बाटो देखाउलान,आफ्नी आमा सुक्क सुक्क गरेर रोईरहेको देखेर काले भित्र भित्रै डाको छोडेर रोईरहेको थियो।अगेनामा दाउरा निभ्न लागिसकेको थियो।कसौंडी बसाल्ने सुरसार नदेख्दा काले को आन्द्रा भोक ले बटारिएर चुडिएला झै भएको थियो।खाना पकाउ भनेर भन्ने आट उसङ्ग थिएन।घुडो मुन्टो जोतेर काले मझेरीमा लडिरह्यो। काले कसैले आफ्नो शरीर समातेर च्यापेझै महसुस गरिरहेको थियो।तर काले आफ्नो शरीर मा तागत नभएको महसुस गरिरहेको थियो।काले ए काले,चर्को आवाज सुनेर काले जुरुक्क उठ्यो ।खाना खा जाने बेला भो।काले को मनमा भुकम्प जान सुरु भयो।एलपल्ट सारा गाउको दृश्य कालेको आखामा रिल घुमेझै घुम्न सुरु भईसकेको थियो।हात धुने जागर कालेमा थिएन।कपाकप भात खाएर जुठो हात कट्टुमा रगड्यो ।कालेकी आमाले अगेनामा पानी खनाईदिन।कालेको मन चिसो भयो।अब यो अगेनामा कहिल्यै भात नपाक्ने भयो ।झटपट झोलाको चिठि निकालेर झ्यालको कापोमा अड्कयो।"यो चिठि रामेको हात परोस भगवान"।आँखा चिम्म गरेर एक बर्खाभरिको आँसु सङ्गाल्यो।काले ले को आँखाका परेली आँसुले चिसिए।म मेरा बा जस्तो कमजोर कहाँ छु र ,झटपट आफ्ना दुबै आँखाका परेलीलाई लाई हत्केला ले पुछ्यो।

पोको पारेको सामान बोकेर काले आफ्नो बा आमासङ्ग बाहिर निस्कियो।तगारो बाट बाहिर निस्किदा साना बाख्राका पाठा कालेको बा को पछि पछि दौडिदै आए।काले ले बाको अनुहार हेर्न सकेन।जति धपाए पनि बाख्रा का पाठा काले को बालाई पछ्याईरहे।पाठाको आवाज पुरै गाउभरी फैलिरह्यो।अधेरो गेग्राने बाटोमा काले को खुट्टाका औला घरिघरी मसिना ढुङ्गासङ्ग ठोक्किरहन्थे।काले हात समात ,खोला तर्नुपछ।खोला गहिरो छ,चिफ्लो छ ,यसलाई तर्न गार्हो हुन्छ।आमाको कुरा सुनेर काले सतर्क भयो ।एक्कसी काले ले आफ्नो उचाई बढेको महसुस गर्यो।काले का बा ले कालेलाई काधमा चढाए।काले ले बाको काध सुम्सुमायो।बिस्तारै काले कालेकी आमा र कालेले खोला तरे।पाठाहरु खोलाको किनारमै बसेर कराईरहे।आफ्नो बा को काधमा बसेको काले फरक्क गाउँतिर फर्कियो।"मेरा बा हुतियारा होईन हुतियारा त यी गाउले हुन,मेरि आमालाई हुँदै नभाको दोश लगाए,थुईक्क हुतियारा हो,गाउतिर फर्किएर सकेको बल लगाएर थुक्यो।फरक्क फर्किएर गरुङ्गो मन बनाउदै काले आफ्ना बा को गर्हुङ्गा पाईला सङ्गै गाउँबाट ओझेल पर्यो........source:-"आफ्नै कथा"

No comments:

Post a Comment