अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई तेल पठाउने घटनामा चीन ‘रङ्गे हात’ पक्राउ परेको बताएका छन्। - साझा खबर

Breaking

साझा खबर

साझा खबर- सत्य र निष्पक्ष खबरहरु को संगालो

test banner

Friday, December 29, 2017

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई तेल पठाउने घटनामा चीन ‘रङ्गे हात’ पक्राउ परेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू 'निकै स्तब्ध' भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन 'रङ्गे हात' पक्राउ परेको लेखेका छन्। प्योङयाङलाई तेल निर्यात गरिए समस्याको कहिल्यै 'मैत्रीपूर्ण समाधान' हुन नसक्ने ट्रम्पले उल्लेख गरेका छन्। यसअघि चीनले उत्तर कोरियासँगको तेलसम्बन्धी प्रतिबन्धलाई आफूले तोडेको अस्वीकार गरेको थियो।

कटौती

गत हप्ता बेइजिङले उत्तर कोरियाको पेट्रोल आयात ९० प्रतिशतसम्मले कटौती गर्नेसम्बन्धी अमेरिकाले तयार पारेको राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गरेको थियो। प्योङयाङको विवादास्पद बलिस्टिक क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई रोक्ने ताजा नयाँ प्रयासस्वरुप नयाँ प्रतिबन्धहरु लगाएको थियो।

उत्तरतस्वीर कपीराइटAFP

दक्षिण कोरियाली पत्रिका जोसन इल्बोले चिनियाँ ट्यांकरहरुले गोप्य रुपमा उत्तर कोरियाली पानीजहाजलाई तेल पुर्‍याइरहेको समाचार लेखेपछि राष्ट्रपति ट्रम्प चीनमाथि खनिएका हुन्। दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकाले अक्टोबर महिनायता गैरकानूनी रुपमा पानीजहाजबाट पानीजहाजलाई करिब ३० पटक तेल ओसारिएका घटनाको अमेरिकी गुप्तचर भूउपग्रहले तस्वीर खिचेको जनाएको छ।

अवस्था

अमेरिकी अधिकारीहरुले उक्त समाचारको पुष्टि गरेनन् तर विदेश मन्त्रालयका एकजना अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले तेल ओसारपसार अहिले पनि भइरहेको हुन सक्ने जनाएको छ। पानीजहाजबाट पानीजहाजलाई तेल पुर्‍याइएकोबारे जिज्ञासा राख्दा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले भने, "तपाईँले उल्लेख गरेको जस्तो अवस्था नै छैन।" अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता माइकल केभीले उत्तर कोरियासँग आर्थिक सम्बन्ध तोड्न सबै मुलुकलाई पुनः आह्वान गरेका छन्। उनले भने, "हामी पर्यटन र तेल अथवा पेट्रोलियम उत्पादनसहितका उत्तर कोरियासँग सबै आर्थिक सम्बन्धहरु तोड्नका लागि चीनलाई आग्रह गर्दछौँ।"

No comments:

Post a Comment