“आमालाई तिम्रो साथ को जरुरी छ
चूहिने त्यो छानो टाल्नु छ
घरको मुहार फेर्नु छ
आउ युवा घर आउ
आमाले बोलाउनु भयो !!! ”
भुगोलको दुरीले देशभक्ती अनी सेवाको भावनालाई कम गर्न सक्दैन भन्ने सोच राख्दै पछिल्लो समय प्रवासबाटै नेपाल र नेपालीको हितमा काम गर्दै आएका अनी नेपाल तथा प्रवासमा रहेका देशप्रेमी नेपालीमाझ उदाउदै गरेका प्रभावशाली यूवा ब्यबसाही तथा समाजसेवी विनोद पौडेलले सन २०१५ को जुलाई महिनामा माथि उल्यखित निकै नै मार्मिक हरफहरु लेख्दै देशमा विध्यमान ज्ञान अनी सिपको पलायनरुपी ठुलो भुमरीबाट देशलाई बचाउन र देशलाई सम्रिद्दीतर्फ उन्मुख गराउनको निम्ती अब केही सोच्ने र गर्ने बेला आएको बताएका थिए । सोही अनुरुप केही महिनापछी विदेशमा रहेका श्रीजनशिल युवाहरुलाई देशमा फर्काइ देशलाई आर्थिक विकास र सम्रिद्दि तर्फ अघी बढाउने एउटा जमर्को गर्ने सोचका साथ “आमाले बोलाउनु भयो अभियान” को घोषणा गर्दै अभियानमा साथ दिनकोलागी अपिल गरेका थिए ।
उनैको यो अभियानलाई साथ दिनको लागि बिभिन्न देशहरुबाट सद्वाव देखाउदै उक्त अभियानमा साथ दिनको धेरै प्रवासी युवाहरु साथै नेपालमा रहेका केही प्रभाबशाली युवा तथा बिभिन्न ब्यक्तीहरुले पौडेलको यो भावना अनी कदमको खुलेरै स्वागत गरेका थिए ।
नेपाली राजनीतिलाई पनि धेरै नजिकबाट नियालिरहेका पौडेलले नेपालको सम्ब्रीद्धीको बधाक नेत्रित्व पङ्तिमा रहेकाहरुको ब्यक्तिगत स्वार्थ मात्रको राजनीति रहेको र जबसम्म राजनीतिलाई एक मात्र कमाइ खाने भाडो बनाउन नेपालका नेताहरुले छोड्दैनन तबसम्म देशले भ्रस्टचारको चुङलबाट छुट्कारा नपाउने र सम्ब्रिद्दी को सपना सपनामात्र रहने छ । उनी भन्छन देशलाई अब बिकास र सम्ब्रिद्धीको मार्ग तर्फ लिएर जानको लागि संसारभरी छरिएर रहेका नेपालीहरु अब एकजुटहुने बेला आएको र जसरी हाम्रा सम्ब्रिद्द छिमेकी चाइना र भारतको बिकासको लागि पलायन भएको शिप अनी शक्तीलाई वापस देशमा फर्काउने काम गरेर उक्त देशका सरकारहरुले गरी अहिलेको अवस्थासम्म पुर्एकाछन त्यसरी नै नेपाल सरकारले पनि बिभिन्न कार्यक्रमहरु लिएर आउनु जरुरी छ ।
अब देश बनाउन धेरै ढिला गर्न नहुने र सरकारको मात्र मुख ताकेर बस्न सकिने अवस्था नरहेकाले ले नेपाल तथा संसारभरी छरिएर रहेका नेपालीहरुले आ-आफ्नो ठाउँबाट पहल गर्न हुनु रहेको हुनाले आफ्नो शिप, पुंजि(इन्भेस्ट्मेन्ट्) तथा श्रम जे सकिन्छ सामुहिक रुपमा लगाउनु जरुरी रहेको छ। सोही अबधारणालाई अघी सारेको यो अभियानको अबधारणा सार्वजनिक भएसङै यसको स्थापना र जनमत लिने काम सकिसकेको पौडेल बताउछन ।
पौडेलले अब चाडै नै यस अभियानको काम अघी बढने हुँदा संसारभरी रहेका सबै नेपालीहरुमा श्रम, शिप , पुंजि(इन्भेस्ट्मेन्ट्) अनी अन्य तरिकाबाट देशलाई सहयोग गर्नको लागि तैयार रहन र “आमाले बोलाउनु भयो अभियान” समर्थक समुह बनाइ एकजुट हुन सबैमा आग्रह गरेका छन ।
अबको केही महिनामानै यो अभियानले आफ्नो कार्यक्रम र तालिका पनि घोषणा गर्ने र अहिलेको लागि अभियानको अफिसियल फेसबूक अकाउन्ट ( https://www.facebook.com/aamaalebolaunubhayo )लाइक गरी अपडेटेड् रहन अभियानका पारीकल्पनाकर पौडेलले सबैमा अपिल गरेका छन ।


No comments:
Post a Comment