पोखरा – आफ्नै साथीले मोबाइल चोरे अनि अरु साथीहरुले उसलाई चोर भन्न थाले यसपछि उनीलाई रिस उठ्यो र हत्याको योजना बनाए र राति १२ बजे उठेर संगै सुतेका साथीलाई टाउकोमा घनले हान्न थाले.यसक्रममा २ जनाको ज्यान गयो भने एक जना घाइते छन्.
लेखनाथ नगरपालिका–१८ स्थित निर्माणाधिन साराङ्कोट माउन्टेन रिसोर्टमा आफ्नो मोबायल चोरी गर्ने व्यक्तिलाई गाली गर्दा १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङ्लाक्पा शेर्पाले ज्यान गुमाउनु परेको हो । अर्का व्यक्ति गम्भीर घाइते छन् । घाइते हुनेमा २७ वर्षीय आङ्दावा शेर्पा छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटना हुनु ५ दिनअघि मात्र अभियुक्त लिम्बुले मृतक आङ्लाक्पा र घाइते आङ्दावाको मोबाइल चोरी गरेका थिए । तर, केही दिनमै लिम्बुले मोबाइल चोरी गरेको खुल्यो । र, लिम्बुले सबै साथीहरु समक्ष मोबाइल फिर्ता गरे ।त्यसपछि निमा, आङ्लाक्पा र आङ्दावाले लिम्बुलाई गालीगलौज गरे । तर, लिम्बुले आफ्नो गल्ती स्वीकार गर्नुको साटो उल्टै हत्याको बाटो रोजे । आफूलाई गाली गलौज गरेपछि रिस थेग्न नसकेर आक्रमण गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्
उनीहरुलाई २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुले ढुंगा फुटाउने घन टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ.आज प्रहरीले पत्रकार सम्मेलन गरि उनलाई सार्बजनिक गरेको छ.अनुसन्धानमा खटिएका प्रहरी,निज व्यक्तिको बयान
No comments:
Post a Comment